चन्दन नगरमा रोजगार एवं प्रशिक्षण मेला
चन्दन नगरमा रोजगार एवं प्रशिक्षण मेला


हुगली, 15 जून (हि. स.)। चन्दन नगरमा आइतवार प्रशासनको पक्षबाट रोजगार एवं प्रशिक्षण मेला आयोजना गरियो। हुगली जिल्ला उत्कर्ष बंगलाको पहलमा चन्दन नगर महिला पलिटेक्निक कलेजमा आयोजित मेलाको उद्घाटन राज्यका तकनिकी शिक्षा एवं प्रशिक्षण विभाग, सूचना एवं सांस्कृतिक विभाग एवं पर्यटन विभागी मन्त्री इन्द्रनील सेनले गरे।

यस अवसरमा जिल्ला म्याजिस्ट्रेट मुक्ता आर्य, महकुमा शासक विष्णु दास तथा उत्कर्ष बंगला कार्यालयका अधिकारीहरू उपस्थित थिए। राज्य एवं देशका विभिन्न भागहरूबाट विभिन्न बहुराष्ट्रिय संगठनहरूका प्रतिनिधिहरू पनि उपस्थित थिए। मेला आज बिहान 10 बजेदेखि शुरू भएर साँझ 5 बजेसम्म चल्नेछ।

यस अवसरमा मन्त्री इन्द्रनील सेनले भने, बेरोजगार युवाहरूलाई रोजगार उपलब्ध गराउने उदेश्यले मुख्यमन्त्री ममता ब्यनर्जीद्वारा गरिएको पहल हो। वर्ष 2011-पूर्व राज्यका बेरोजगारहरूको मुद्दामा सोच्ने कोही पनि थिएनन्।

नोकरी चाहनेहरूलाई सम्बोधन गर्दै मन्त्रीले भने, तपाईहरूले आफ्नो लक्ष्य तय गर्नुपर्छ, सफलता अवश्य पाइनेछ। तपाईहरूले अध्ययन गरिरहनु भएको विषयलाई माया गर्नुपर्छ। तपाईहरूले आफ्नो कामलाई माया गर्नुपर्छ। बंगालका युवा-युवतीहरू पहिला नै आफूलाई विश्वमा साबित गरिसकेका छन्। उनीहरूको प्रतिभा, दृष्टि, विशेषज्ञता, उत्कृष्टता दुनियाँमा सर्वश्रेष्ठ छ। सबैले नोकरी पाउनेछन्। पैसा कमाउनेछन्। देश-विदेशको यात्रा गर्नेछन्। भविष्य राम्रो हुनेछ, यो स्वभाविक हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande