गौरव गोगोई देशद्रोही, जनतासित माफि माग्नुपर्छः मन्त्री जयन्त
गौरव गोगोई देशद्रोही, जनतासित माफि माग्नुपर्छः मन्त्री जयन्त


तेजपुर (असम), 15 जून (हि.स.)। असमको लोक स्वास्थ्य अभियन्त्रण मन्त्री जयन्तमल्ल बरुवाले तेजपुरमा आइतवार आरोप लगाए,असम कंग्रेसका अध्यक्ष एवं सांसद गोगोई देशद्रोही हुन्। उनले असमका जनतासित माफी माग्नुपर्छ।

तेजपुर नगरपालिकाद्वारा निर्मित सीवेज ट्रीटमेन्ट प्लान्टको उद्घाटन गरेपछि पत्रकारहरूसित बातचित गर्दै मन्त्रीले गौरव गोगोईमाथि कटाक्ष गरे। उनले भने, असमका जनतालाई राजपुत्रहरूप्रति अधिक लगाउ हुन्छ। कुनै-कुनै बेला उनीहरूले मुख्यमन्त्रीभन्दा पनि अधिक राजाका छोरालाई माया गर्दछन्। मेरा पिता राजा थिएनन्, त्यसैले जनताले ममाथि विश्वास गर्दैनन्।

गौरव गोगोईलाई लिएर उनले भने, गोगोईले देशलाई धोका दिएका छन्, तर केही मीडिया हाउसले अहिलेसम्म यस यथार्थलाई स्वीकार गर्न सकेको छैन। मीडियाले यसलाई बुझेको दिन गौरव गोगोईलाई पक्राउ गर्न सहज हुनेछ।

कंग्रेसमाथि लक्षित गर्द मन्त्रीले भने, स्वतन्त्रतापछिदेखि नै कंग्रेसको पाकिस्तान-प्रियता जगजाहेर रहिआएको छ। अब असमका जनताले स्वयं त्यस इतिहासको सिंहावलोकन गर्नुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande