अपमान र अहंकार राजदको संस्कार, बाबा साहेबको अपमान राजदको निम्ति महँगो पर्नेछः सांसद
अपमान र अहंकार राजदको संस्कार, बाबा साहेबको अपमान राजदको निम्ति महँगो पर्नेछः सांसद


अररिया, 15 जून(हि.स.)। बाबा साहेब डा. भीमराव अम्बेडकरले देशलाई संविधान दिए। उनले हामीलाई समरसताको पाठ पढ़ाएर अधिकारहरूको साथमा जीवन जिउने हक दिए जसले गरीब-शोषित एवं वञ्चितहरूलाई आवाज दिए। यस्ता युगपुरूषको अपमान कदापि स्वीकार्य हुनेछैन। उक्त मन्तव्य सासंद प्रदीप कुमार सिंहले आइतवार आफ्नो आवासमा लालु प्रसादले बाबा साहेबको अपमान गरिरहेको एक भीडियोको सन्दर्भमा व्यक्त गरेका हुन्।उनले भनले, यसले राजदको निच मानसिकतालाई प्रकट गर्दछ। यो दर्शाउँछ कि अपमान र अहंकार यिनीहरूको संस्कारमै छ। लालु प्रसाद यादवको आगाड़ि बाबा साहेबको अपमान हुँदा छोरा तेजस्वीले पनि यसमाथि गलत प्रतिक्रिया व्यक्त गर्दै आफ्नो अहंकारलाई प्रदर्शित गरे। बाबा साहेबको अपमान गरिएको भीडियो प्रकाशमा आएको 36 घण्टाभन्दा अधिक समय बितिसक्दा पनि राजदको तर्फबाट अफसोसको दुई शब्द आएको छैन। तर तेजस्वीको अहंकार भने अवश्य देखियो। बाबा साहेबको अपमानलाई तेजस्वीले आल्तु-फाल्तु बताएका छन्।उनले भने, हाम्रो प्रश्न छ कि बाबा साहेबको फोटोलाई खुट्टा नजिक राख्दा पनि तेजस्वीलाई अपमान हो भन्ने लाग्दैन। अपमान गरेपछि आरजेडीले कसरी मान्छ कि अपमान भएको छ भनेर? सांसदले भने, भाजपाले बाबा साहेबको सम्मानमा अवश्य पनि संघर्ष गर्नेछ। पार्टीको पक्षबाट एससी आयोगमा नोटिस पठाइनेछ। हाम्रो एससी समाजका प्रमुख नेताहरूद्वारा राज्यपाललाई ज्ञापन पनि सु्म्पिइनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande