पितृ दिवसमा मुख्यमन्त्रीको श्रद्धासन्देश- पिताका संस्कारहरूले जीवनमा अगाड़ि बढ़्ने शक्ति दियो
पितृ दिवसमा मुख्यमन्त्रीको श्रद्धासन्देश- पिताका संस्कारहरूले जीवनमा अगाड़ि बढ़्ने शक्ति दियो


गुवाहाटी, 15 जून (हि.स.)। पितृ दिवसको अवसरमा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सबै पिताहरूलाई श्रद्धा अनि शुभकामना अर्पण गरे। उनले आफ्ना पिताका संघर्ष अनि त्यागलाई स्मरण गर्दै भने, एकजना पिताले आफ्ना सन्तानको लागि जुन कष्ट अनि बलिदान दिन्छन् वास्तवमा त्यो अतुलनीय हुन्छ।

मुख्यमन्त्रीले लेखे, जीवनको हरेक मोड़मा शितल छाया बनेर हाम्रो साथमा रहने हाम्रा पिता नै हुन्छन्। मेरो जीवनलाई सपार्नमा पिताको दिशानिर्देश कुनै पनि आशीर्वाद भन्दा कम थिएन। मभित्र जुन मूल्यबोध उनले रोपे, त्यसले आज मलाई जीवनको हरेक मार्गमा निडर भेर अघि बढ़्ने शक्ति दिन्छ।

यस पावन दिवसमा मुख्यमन्त्रीले सबै पिताहरूप्रति कृतज्ञता प्रकट गर्दै उनीहरूलाई सादर नमन गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande