श्रीरामपुरः नाला सामुबाट हटाइयो देवी-देवताहरूको तस्वीर
श्रीरामपुरः नाला सामुबाट हटाइयो देवी-देवताहरूको तस्वीर


हुगली, 15 जून (हि. स.)। श्रीरामपुरको कुमिरजाला रोड क्षेत्रमा अवस्थित माकपा कार्यालय नजिक पर्खालमा नाला सामु हिन्दु देवी-देवताहरूको तस्वीरलाई लिएर हप्ताभरि नै बबाल मच्चिएको थियो। भाजपा नेता हरि मिश्राले घटनस्थलमा पुगेर आफ्नो आपत्ति दर्ता गरेका थिए।श्रीरामपुर नगरपालिकाका चेयरम्यानले पनि यस मामिलामा कारबाही गर्ने आश्वासन दिएका थिए।

आइतवार बिहान पर्खालबाट सबै देवी-देवताहरूका तस्वीरहरूलाई हटाइएको देखियो। स्थानीय भाजपा नेतृत्वले नाला सामुबाट देवी-देवताहरूका तस्वीरहरूलाई हटाइदिएकोमा घर मालिकलाई धन्यवाद दिँदै भने, नाला अगाड़ि देवी-देवताहरूको फोटो टाँसेकोमा हामीलाई आघात पुगेको थियो। अब यो स्वागत योग्य कदम हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande