रवीन्द्र सरोवर पौड़िने क्रममा किशोरको मृत्यु, लापरवाहीमाथि उठ्यो प्रश्न
रवीन्द्र सरोवर पौड़िने क्रममा किशोरको मृत्यु, लापरवाहीमाथि उठ्यो प्रश्न


कोलकाता, 15 जून (हि. स.)। महानगर कोलकाताको रवीन्द्र सरोवर झीलमा आइतवार एक चिन्ताजनक घटना घट्यो जहाँ पौड़िने क्रममा एकजना 16 वर्षीय किशोरको डुबेर मृत्यु भयो। यस दुःखदायी घटनाले फेरि एकपटक कोलकाता महानगरको सार्वजनिक सुरक्षा अनि प्रशासनिक लापरवाहीमाथि प्रश्न तेर्साइदिएको छ।

मृतकको पहिचान दक्षिण कोलकाताको गड़ियाहाटस्थित बालीगञ्ज प्लेस निवासी शिवम सिंहको रूपमा भएको छ। तिनी आइतवार बिहान रवीन्द्र सरोवर झीलमा घुम्न गएका थिए। त्यहाँ पौड़िरहेका अन्य मानिसहरूलाई देखेर तिनी पनि पानीभित्र पसे। तर केही क्षणमै तिनी पानीको गहिराईभित्र पसे, त्यसपछि तिनलाई देखिएन।

स्थानीय मानिसहरू अनि प्रत्यक्षदर्शीहरू अनुसार पानीभित्र पसेको केही मिनटपछि नै शिवम अचानक बेपत्ता भए। खोज-तलास गरेर तिनलाई बाहिर निकालियो, तर त्यसबेलासम्ममा तिनको अवस्था गम्भीर भइसकेको थियो। हतार-हातर तिनलाई नजिकैको एमआर बांगुर अस्पतालमा लगियो जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए।

यस घटनापछि स्थानीय मानिसहरूमा रोष व्याप्त भएको छ। उनीहरूको भनाइ छ, रवीन्द्र सरोवर झील जुन कोलकाताको सबैभन्दा प्रमुख सार्वजनिक स्थलहरूमध्ये एक हो,-मा प्रशासनिक स्तरमा व्यापक लापरवाही गरिँदैछ। झीलको पानीमा वर्षौंदेखिको लेउ, जलीय बोट-बिरूवा आदिको सफाई गरिएको छैन जसले गर्दा पौड़कहरूलाई भयानक खतराको सामना गर्नुपर्दछ। दुर्घटना भएको स्थानमा प्रायजसो नै युवाहरू पौड़िन जान्छन्। तर त्यहाँ न कुनै प्रकारको चेताउनी टाँसिएको छ, न त सुरक्षाकर्मीलाई नै तैनाथ गरिएको छ।

पुलिसले घटनालाई लिएर अस्वभाविक मृत्युको मामिला दर्ता गरेको छ। शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। पुलिसले यस कुराको जाँच गरिरहेको छ कि घटना घटिरहेको समय झील परिसरमा सुरक्षा वा निगरानी व्यवस्था थियो कि थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande