नयाँ दिल्ली, 15 जून (हि.स.)। दिल्लीको सफदरजंग एन्क्लेभमा आइतवार भोर बिहान 4 बजे तीव्र हुरीको कारणले सय फुट अग्लो मोबाइलको टावर सड़कमा ढल्यो। यो दुर्घटना हुँदा सड़कमा कोही पनि उपस्थित थिएन जसले गर्दा ठूलो दुर्घटना हुनदेखि बच्यो।
आम आदमी पार्टी (आआपा)- का पूर्व विधायक सोमनाथ भारतीले एक्समा पोस्ट गर्दै घटनालाई लिएर सरकार अनि प्रशासनमाथि लक्षित गरे। उनले भने, स्थानीय मानिसहरूले विरोध गर्दा-गर्दै पनि मोबाइल टावर यहाँ स्थापना गरिएको थियो।
भारतीले भने, स्थानीय मानिसहरूले पुलिस, सांसद, विधायक एवं दिल्ली नगरनिगमसित बारम्बार गुहार मागेको भए पनि कुनै कारबाही गरिएन। मानिसहरूलाई यसो भनेर भ्रमित पारियो कि हाई-मास्ट स्ट्रीट लाइट जड़ान गरिँदैछ, तर यसको स्थानमा मोबाइल टावर स्थापना गरियो। मानिसहरूले यसको कड़ा विरोध गरे, स्वास्थ्य जोखिम तथा सम्भावित जोखिमको बारेमा चेताउनी दिए। तथापि मोबाइल टावर स्थापना गरियो।
स्थानीय मानिसहरूको भनाइ छ, उनीहरूले शुरूबाटै यस मोबाइल टावरको विरोध गर्दै आइरहेका छन्, तर प्रशासनले उनीहरूको कुरा सुनेन। आज मोबाइल टावर ढलेर धेरैवटा रूख अनि बिजुलीका तारहरूलाई व्यापक क्षति पुऱ्याएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा