आजदेखि शुरू भयो भाजपाका 433 वटा मण्डल समितिको कार्यकारिणी बैठक
आजदेखि शुरू भयो भाजपाका 433 वटा मण्डल समितिको कार्यकारिणी बैठक


- विकसित भारत- 2047 -को संकल्प सहित कार्यकर्ताहरूले राष्ट्र निर्माणमा सर्वश्रेष्ठ योगदान दिने प्रण लिए

गुवाहाटी, 15 जून (हि.स.)। विकसित भारत 2047- को संकल्पलाई साकार बनाउने उदेश्यले भारतीय जनता पार्टी (भाजपा)-का 65 लाखभन्दा अधिक कार्यकर्ताहरूले आइतवार आफ्नो जीवनको सर्वोत्तम योगदान राष्ट्रलाई समर्पित गर्ने संकल्प लिएका छन्। सो जानकारी प्रदेश भाजपा मुख्यालय अटल बिहारी वाजपेयी भवनबाट जारी एक बयानमा पार्टी प्रवक्ता रञ्जीव कुमार शर्माले दिएका हुन्।

शर्माले बताए, आजदेखि असम प्रदेश भाजपाका 39 वटा सांगठनिक जिल्लाहरू अन्तर्गत 433 मण्डल समितिहरूको कार्यकारिणी बैठक शुरू भएको छ। यी बैठकहरूमा भाग लिने सबै कार्यकर्ताहरूले देश, धर्म, जाति, भाषा औ क्षेत्रीय भेदभावदेखि माथि उक्लेर राष्ट्रिय एकता, सामाजिक समरसता एवं भाइचारालाई सशक्त बनाउने उदेश्यले संकल्प पत्र-मा हस्ताक्षर गरिरहेका छन्।

प्रवक्ताले बताए, भाजपा कार्यकर्ताहरू राजनीतिक गतिविधिहरूसम्म मात्र सीमित छैनन् जबकि भ्रष्टाचारमुक्त समाजको निर्माणमा समन्व एवं एकजुटताको साथमा कार्य गरिरहेका छन्। पार्टी कार्यकर्ताहरूले आम नागरिकहरूलाई पनि सार्वजनिक सम्पत्तिको सुरक्षा, पारदर्शिता कायम राख्न अनि उत्तरदायी नागरिक बन्नका लागि प्रेरित गरिरहेका छन्।

ज्ञात रहोस्, गत 21 मईमा जोरहाटमा सम्पन्न प्रदेश भाजपाको विस्तारित कार्यकारिणी बैठकमा निर्णय लिइएको थियो, प्रदेशबाट नियुक्त प्रभारीहरूको उपस्थितिमा जिल्ला अनि मण्डल स्तरमा कार्यकारिणी बैठक आयोजना गरिनेछ जसान्तर्गत गत 28 मईदेखि 17 जूनबीच जिल्ला कार्यकारिणीको अनि 15 जूनदेखि 25 जूनबीच मण्डल कार्यकारिणीको बैठक आयोजना गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande