गुवाहाटी, 15 जून (हि.स.)। गुवाहाटीको दक्षिण गाउँमा आइतवार बिहान एकजना युवकको रहस्यमय अवस्थामा मृत्यु भयो। प्रथमदृश्या मृत्युको कारण सड़क दुर्घटना रहेको बताइँदैछ भने अर्कोतिर स्थानीय मानिसहरूले कुनै षड़यन्त्र अन्तर्गत हत्या गरिएको आशंका व्यक्त गरिरहेका छन्।
राजधानीको वशिष्ठ थानान्तर्गत दक्षिण गाउँको डीजीएम पथ मा आइतवार बिहान रगताम्मे अवस्थामा एकजना युवकको शव जफ्त गरियो। मृत युवकको पहिचान बिमल दास (29)-को रूपमा गरिएको छ। घटनास्थलमा एउटा बाइक (एएस-01डीवाई-1090)-लाई पल्टिएको अवस्थामा भेटिएको छ। तर स्थानीय मानिसहरूको भनाइ छ, बिमलको हत्या गरेर शवलाई त्यहाँ फालिएको हो। मृतकको धेरैजना मानिसहरूसित पैसाको लेनदेन थियो।
सूचना पाउनसाथ घटनास्थलमा पुगेको भगदत्तपुर पुलिस चौकीको टीमले जाँच शुरू गरेको छ। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एण्ड हस्पिटलमा पठाइदिएको छ। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा