नयाँ दिल्ली, 15 जून (हि.स.)। क्राइम ब्राञ्चको टीमले दुईजना नाबालिक युवतीहरूलाई खोजेर परिवारसित भेट गराइदिएको छ। यी दुवै नाबालिका केही दिनअघि घरबाटै बेपत्ता भएका थिए। 13 वर्षीय दुवै नाबालिका खानपुर र नेब सरायका हुन्।
क्राइम ब्राञचका डीसीपी आदित्य गौतमले आइतवार बताए, गत 10 जूनमा थाना नेब सरायमा बालिकाहरू हराएको रिपोर्ट दर्ता गरिएको थियो। मामिलालाई गम्भीर रूपमा लिएर बालिकाहरूलाई खोज्न शुरू गरियो। यसैै क्रममा गत 12 जूनको दिन एक महत्वपूर्ण प्रमाण महिलाकन्स्टेबलरेणुकोहातमा पऱ्यो। सोही आधारमा टीमले दिल्लीको मदनगीर क्षेत्रमा अभियान संचालन गऱ्यो। टीमको सक्रियताले दुवै बालिकालाई सुरक्षित बचाइयो।
जाँचबुझमा दुवैले बताए, उनीहरूले फिल्मी दुनियाँबाट प्रेरित भएर मुम्बई जाने योजना बनाइरहेका थिए। ताकि अभिनयको क्षेत्रमा आफ्नो करियर बनाउन सकियोस्। क्राइम ब्राञ्चले दुवै नाबालिकालाई स्थानीय पुलिसलाई सुम्पिदिएको छ जहाँ अग्रिम कानूनी कारबाही गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा