नलबाडी, 15 जून (हि.स.)। नलबाडी जिल्लाको कमारकुची क्षेत्रमा एक भाईले आफ्नै भाईको हत्या गरेका छन्। यस संघर्षमा एक अन्य व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्, जसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरिएको छ। यस घटनापछि क्षेत्रमा सनसनी फैलिएको छ।
मृतकको पहिचान विष्णु तालुकदारको रूपमा गरिएको छ। विष्णुका पुत्र गम्भीर रूपमा घाइते भएका छन्। कमारकुची पुलिस अनुसार, यस घटनाको जॉंच गरिॅंदैछ। पुलिसले विष्णुको हत्याको आरोपमा होमेन तालुकदारलाई पक्राउ गरेको छ।
पुलिस अनुसार, कमारकुचीको रायटकुची निवासी दुवै भाईबीच कुनै विषयलाई लिएर झगडा भयो। विष्णुका पुत्रले पितालाई बचाउने प्रयास गर्दा होमेनले भाई र भजीतमाथि धारिलो हतियारले प्रहार गरे। यस संर्घर्षमा विष्णुको मृत्यु भयो भने भतीज गम्भीर घाइते भए। पुलिसले मामिला दर्ता गरे कानूनी कारबाही गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी