सड़क दुर्घटनामा छात्राको मृत्यु, आक्रोशित भीड़ले ट्रक जलाइदियो
सड़क दुर्घटनामा छात्राको मृत्यु, आक्रोशित भीड़ले ट्रक जलाइदियो


नदिया, 15 जून (हि.स.)। जिल्लामा कृष्णानगरको दिगनगर सेनपुर क्षेत्रस्थित नेशनल हाईवे-12 मा आइतवार बिहान बालुवा लादिएको लरीले एकजना छात्रालाई कुल्चिएर ज्यान लियो। छात्राको घटनास्थलमै मृत्यु भयो। घटनासपछि वरपरका क्षेत्रहरू रणक्षेत्रमा परिणत भयो।

आरोप छ, उग्र भीड़ले घातक वाहनमा आगो लगाइदियो। प्रदर्शनकारीहरूको पुलिससित झड़प पनि भयो। घटनाको कारणले नेशनल हाईवेमा व्यापक जाम लाग्यो। स्थानीय सूत्र अनुसार आइतवार बिहान रिया विश्वास नामक कक्षा नवौंकी छात्राले आफ्ना पितासित सड़क पार गरिरहेकी थिइन्।

आरोप छ, एउटा लापरवाह बालुवा भरिएको लरी यातायात नियमहरूको उल्लंघन गर्दै राष्ट्रिय राजमार्ग-12 भएर गुज्रिरहेको थियो। लरीले रियालाई कुल्चियो जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो। छात्राका पिताले पानीमा हाम फालेको कारणले तिनको ज्यान बच्यो। दुर्घटना भएको देखेर स्थानीय मानिसहरू घटनास्थलमा एकत्र भए। आक्रोशित भीड़लाई देखेर चालक लरीलाई त्यहीँ छोड़ेर भाग्यो। आरोप छ, भीड़ले घातक लरीमा आगो लगाइदियो। सूचना पाएर कृष्णानगर कोतवाली थानाको पुलिस घटनास्थलमा पुग्यो। शुरूमा पुलिस र आक्रोशित भीड़माझ सामान्य विवाद भयो।

घटनास्थलमा पुगेको दमकल वाहनले ट्रकमा लागेको आगोलाई निभायो। शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। पुलिसले ट्रक चालकलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande