छोराले पानीमा डूबाएर गऱ्यो आमाको हत्या, आरोपी पक्राउ
छोराले पानीमा डूबाएर गऱ्यो आमाको हत्या, आरोपी पक्राउ


हैलाकान्दी, 15 जून (हि.स.)। हैलाकान्दी जिल्लामा एक छोराले आफ्नै आमाको पानीमा डूबाएर हत्या गरेको सनसनीपूर्ण मामिला अघि आएको छ। घटना जिल्लाको लाला अन्तर्गत पीके रोडको हो। 55 वर्षीया महिला मंजू रानीनाथको हत्या गर्ने युवक मिमोद्वीप नाथलाई पुलिसले पक्राउ गरेको छ।

पुलिस अनुसार, आइतवार बिहान लगभग आठ बजी मिमोद्वीप आफ्नी आमासॅंग घर छेउको पोखरीमा गएका थिए। पोखरीमा आफ्नी आमालाई डूबाएर मिमोद्वीप आमाको शरीरमा टेकेर उभिए। सानो भाईले घटनाबारे थाहा पाएपछि छिमेकीहरूलाई बोलाएर। छिमेकीहरू आएर हेर्दा मि​मोद्वीप पानीमा ​उभिरहेका थिए। छिमेकीहरूले उसलाई आमाको बारेमा सोधपुछ गर्दा उसले जवाफ दिएनन्। यसपछि, छिमेकीहरूले यसको सूचना पुलिसलाई दिए।

पुलिस घटना स्थल पुगेर मिमोद्वीपलाई पानीबाट बाहिर निकाले। त्यसपछि, उसको खुट्टामुनि रानीनाथको मृत शरीर भेटियो। पुलिसले आमाको हत्याको आरोपमा मिमोद्वीपलाई पक्राउ गरेको छ। हत्याको कारण स्पष्ट हुन सकेको छैन। पुलिसले मामिला दर्ता गरेर केरकार गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande