सोरेङ, 15 जून (हि.स.)। सोरेङ जिल्लाका होनहार युवा एथलिट केसाङ शेर्पा र सुमन लेप्चाले आगामी 18-26 जूनसम्म हरियाणाको रोहतकमा आयोजना हुने 17 वर्ष भन्दा कम उमेरका किशोर-किशोरीहरूको निम्ति आयोजना हुने छैटो जुनियर राष्ट्रिय बक्सिङ प्रतियोगितामा अंश ग्रहण गर्ने भएका छन्। यी दुवै खेलाडीलाई हिजो शुभकामनासहित हरियाणा प्रस्थान गराइयो। उक्त च्याम्पियनशिपमा उनीहरूले सिक्किमलाई प्रतिनिधित्व गर्नेछन्।
उक्त प्रतियोगिताको निम्ति यी दुई खेलाडीलाई सिक्किम अमेच्युर बक्सिङ एसोसिएशनले छनौट गरेको जानकारी गराइएको छ। उनीहरूलाई प्रस्थान गराउन आयोजित कार्यक्रममा सोरेङ जिल्लाको खेलकूद एवम् युवा मामिला विभागका अधिकारीहरू र एसकेएम पार्टीका सीएलसी अध्यक्ष लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
सो प्रतियोगितामा यी दुई जनाले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय मञ्चमा सिक्किमको नामलाई गौरावान्तित तुल्याउने आशा व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / प्रदीप