श्रीनगर, 16 जून (हि.स.)। अक्षय लाबरूले सोमवार श्रीनगर जिल्लाको नयाँ डिप्टी कमिश्नर (डीसी)- को पदभार ग्रहण गरे। उपलब्ध जानकारी अनुसार अक्षय लाबरुले जम्मू-कश्मीरमा केही महत्वपूर्ण प्रशासनिक भूमिका सहित बडगामका डिप्टी कमिश्नरको रूपमा पनि भूमिका निर्हाव गरिसकेका छन्।
डीसी श्रीनगरका रूपमा उनको नियुक्ति केन्द्र शासित प्रदेशमा शासनलाई सुव्यवस्थित बनाउने उदेश्यले एक निमित प्रशासनिक फेरबदलको एक भाग हो।
अधिकारीहरूले नयाँ डिप्टी कमिश्नरलाई स्वागत जनाउँदै प्रशासनको सुचारू संचालन सुनिश्चित गर्नको लागि आफ्नो पक्षबाट पूर्ण सहयोग गर्ने आश्वासन दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा