नेवार जातिको उत्थान र उन्नतिको निम्ति सदैव योगदान दिने खरसाङका सुवास प्रधान नेवार संगठनद्वारा सम्मानित
सुवास प्रधान


खरसाङ, 16 जून (हि.स.)। नेवार जातिको उत्थान र उन्नतिको निम्ति सदैव योगदान दिने अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको सचिव सुवास प्रधानलाई नेवार संगठनद्वारा दार्जिलिङमा सम्मानित गरिएको छ। उक्त कार्यक्रममा नेवार जातिको भाषा संस्कार संस्कृति एवं नेवार जातिको एकता अखण्डतालाई सुदृढ गरी स्थापनाकालदेखि योगदान दिने कालेबुङ, डुवर्स, मिरिक, दार्जिलिङ, खरसाङका‌ विशिष्ट व्यक्तिहरूलाई सम्मानित गरियो।

खरसाडका सुवास प्रधानलाई आजसम्म नेवार संगठन एवं नेवार जातिको उत्थान र उन्नतिको निम्ति योगदान पुर्‍याएको र खरसाङ आञ्चलिक समितिमा सचिवको अभिभारा लिएर खरसाङ महकुमा अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समिति भिमेश्वर मन्दिरको संरक्षण गर्न ठूलो योगदान दिएवापत सम्मान गरिएको हो।

अखिल भारतीय नेवार संगठन अधिवेशनमा विभिन्न राज्यबाट पनि नेवार परिवारहरू उपस्थित रहेका थिए भने कार्यक्रम सूर्य नारायण प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो।दार्जिलिङको भानु भवनमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथिको रूपमा जीटीए प्रमुख कार्यपाल अनित थापाको उपस्थित थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande