पुलको जर्जर अवस्थाबाट आक्रोशित ग्रामीणहरूले नेताहरूलाई दिए कड़ा चेताउनी- अब भोट माग्न नआउनु
पुलको जर्जर अवस्थाबाट आक्रोशित ग्रामीणहरूले नेताहरूलाई दिए कड़ा चेताउनी- अब भोट माग्न नआउनु


दक्षिण 24 परगना, 16 जून ( हि.स.)। दक्षिण 24 परगनाको क्यानिंग ब्लक-1 क्षेत्रमा डाबु खाल नदीमाथि निर्मित सखेरहाट बटतला पुलको जर्जर अवस्थाको कारणले स्थानीय मानिसहरूको जीवन संकटमा परेको छ। उत्तर अंगदबेरिया अनि दक्षिण अंगदबेरियालाई जोड़्ने यो काठको अस्थायी पुलको अवस्था दयनीय भइसकेको छ। यसमाथि हिँड़्नु पनि जोखिमपूर्ण भएको छ।

यस पुलबाट दिनहुँ हजारौं ग्रामीणहरू लगायत स्कूलका विद्यार्थी, कलेजका विद्यार्थी, शिक्षक, रोगी, बुजुर्गहरू आफ्नो जीवनलाई जोखिममा पारेर ओहोर-दोहोर गर्ने गर्दछन्। स्थानीय मानिसहरूको भनाइ छ, यो पुल कुनै पनि समय पूर्ण रूपले भत्किनसक्छ।

लगभग 15 वर्षपूर्व यस स्थानमा निर्मित कंक्रिटको पुल भत्किएको थियो। त्यसपछि सिचाई विभागले काठको एक वैकल्पिक पुल बनाइदिएको थियो, तर त्यो पनि अहिले चार वर्षपछि भत्किसकेको छ।

ग्रामीणहरूको भनाइ छ, उनीहरूले पञ्चायत, ब्लक प्रशासन अनि स्थानीय जनप्रतिनिधिहरूलाई वर्षौंदेखिको पुल मरमतीको माग गर्दै आइरहेको भएपनि उनीहरूले झुटो आश्वासन दिन बाहेक अन्य केही गरेका छैनन्।

यस पुलबाट यहाँका पाँचवटा पञ्चायत क्षेत्रहरू क्रमैले डारिया, हाटपुकुरिया, निकारीघाटा, गोपालपुर औ दिघीरपाड़का मानिसहरू गुज्रिन्छन्।

सोमवार गाउँका मानिसहरूले एकजुट भएर पुल मरमती गर्नुपर्ने मागमा व्यापक प्रदर्शन गरे। यस अवधि मानिसहरूले नेता-मन्त्रीहरूलाई स्पष्ट शब्दमा चेताउनी दिए, चुनाउ आउँदा हात-खुट्टा जोड़ेर वचन दिन्छ, चुनाउ सिद्धिएपछि पाँच वर्षसम्म फर्केर पनि हेर्दैन। अब भोट माग्नु नआउनु।

एक जना महिला प्रदर्शनकारीले भनिन्, स्कूलका विद्यार्थीहरू दिनहुँ यो पुलबाट तल झर्छन्, तर न्याय दिने कोही छैन। हाम्रा नानीहरूको ज्यानको कुनै मूल्य छैन?

लामो विरोध अनि जनदबावपछि अब क्यानिंग पश्चिमका विधायक परेश राम दासले पुल मरम्मत गर्ने आश्वासन दिएका छन्। उनले भने, प्रशासनसित कुरा गरेर चाँड़ै काम शुरू गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande