मालदा, 16 जून(हि.स.)। पश्चिम बंगालको मालदा जिल्लामा आँपका टोकरीहरूमा लुकाएर बिहार लगिरहेको अवैध मदिरा विरूद्ध कारबाही गरेको जानकारी प्रकाशमा आएको छ। जीआरपीले गुप्त सूचनाको आधारमा एक जना युवकलाई पक्राउ गरेको छ जसको कब्जाबाट आँपले भरिएका छह वटा टोकरीमा लुकाएर राखिएको विदेशी मदिराका बोतलहरू जफत गरिएको छ। जफत गरिएको मदिराको बजार मूल्य लगभग 19 हजार रुपियाँ रहेको छ।
घटना गए आइतवार राति भएको हो जतिबेला दिल्लीगामी फरक्का एक्सप्रेस ट्रेनमा चढ़्नका लागि एक जना युवक मालदा टाउन रेलवे स्टेशनको प्लेटफर्म नम्बर एकमा उभिएको थियो। पुलिसलाई गुप्त सूत्र मार्फत यस तस्करीको बारेमा पहिला नै जानकारी प्राप्त भएको थियो। तत्परता देखाउँदै जीआरपीले घटनास्थला छापा माऱ्यो अनि युवकलाई पक्राउ गऱ्यो।
पुलिसको जाँचबुझमा थाहा लाग्यो, पक्रा पर्ने युवक आँपको टोकरीमा मदिरालाई लुकाएर बिहारको पटनासम्म पुऱ्याउने दाउमा थियो। मालदा टाउन जीआरपीका प्रभारी निरीक्षक प्रशान्त रायले बताए, आरोपीलाई हिरासतमा लिएर जाँचबुझ गरिँदैछ साथै योसित सम्बन्धित तस्कर गिरोहको जानकारी जुटाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा