भाजपाले बंगलाभाषी भारतीय नागरिकहरूलाई 'बंगलादेशी' भनिरहेको छः ममता ब्यानर्जी
भाजपाले बंगलाभाषी भारतीय नागरिकहरूलाई 'बंगलादेशी' भनिरहेको छः ममता ब्यानर्जी


कोलकाता, 16 जून (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार विधानसभामा प्रश्नोत्तर कालमा भाजपामाथि धारिलो प्रहार गर्दै आरोप लगाइन्, भाजपाशासित राज्यहरूमा बंगला भाषा बोल्ने भारतीय नागरिकहरूलाई ‘बंगलादेशी’ बताइरहेको छ। उनले यसलाई भाषिक आधारमा ‘विचहन्ट’ (राजनीतिक उत्पीड़न) गरेको बताइन्।

मुख्यमन्त्रीले भनिन्, “तपाईहरूलाई लाज लाग्नुपर्छ, किनभने तपाईहरूले मात्र भाषिक आधारमा भारतीय नागरिकहरूलाई बंगलादेशी बताइरहनु भएको छ। बंगला, गुजराती, मराठी तथा हिन्दी यी सबै भाषा हाम्रो पहिचान हो। म सबै भाषा बोल्नसक्छु र मलाई यसमाथि गर्व पनि छ।”

उनले अझ भनिन्, “भाषाको आधारमा मानिहरूलाई बंगलादेशी बताइँदैछ। जोसित भोटर आईडी, प्यान कार्ड तथा आधार कार्ड जस्ता वैध दस्तावेज छ उनीहरूलाई रोजगारको अवसरदेखि वञ्चित गरिँदैछ।”

ममता ब्यानर्जीको उक्त टिप्पणीपछि भाजपा विधायकहरूले विरोध जनाए अनि नाराबाजी शुरू गरे। तथापि मुख्यमन्त्री आफ्नो भाषणमा अडिग बसिन्। ममता ब्यानर्जीले केन्द्र सरकारमाथि राज्यलाई आर्थिक रूपमा कमजोर बनाएको आरोप लगाउँदै भनिन्, भाजपा सरकारले बंगालसित सौतेनी आमाको व्यवहार गरिरहेको छ। तथापि राज्य सरकारले ‘पथश्री’ योजना अन्तर्गत 69 हजार किलोमीटर सड़क बनाएको छ भने 11 हजार करोड़ रुपियाँको लागतमा आवास योजना शुरू गरेको छ। उनले दाबी गरिन्, “पश्चिम बंगाल लगातार पाँच वर्षदेखिको सड़क अनि ग्रामीण आवास योजनाको ऱ्याकिंगमा शीर्षमा छ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande