राँची, 16 जून (हि.स.)। स्वास्थ्य मन्त्री इरफान अन्सारीले भनेका छन्, भाजपाले झारखण्डमा बंगला बोल्नेहरूलाई 'बंगलादेशी' भनेर झारखण्डीहरूको अस्मिताको अपमान गरे। अन्सारीले सोशल मीडिया एक्समा सोमवार लेखेका छन्, बंगला भाषा बोल्न नजान्नेहरूलाई भाजपाको घृणाले बोल्न सिकाइदियो। मैले पनि त अब बंगला भाषा बोल्न सिकेको छु। किनभने भाषा अपराध हुँदैन, भाषा हाम्रो पहिचान हो, हाम्रो संस्कृति हो।
उनले यो पनि भने, अब बिहारमा चुनाउ आइरहेको छ। त्यहाँ पनि लाखौं मानिसहरू बंगला बोल्छन्, हेरौं त्यहाँ पनि भाजपाले बंगला बोल्नेहरूलाई 'पाकिस्तानी' त भन्ने होइन! झारखण्डलाई जितिसकेको छ, अब बंगालपछि बिहारको पालो हो। भाजपाको घृणाको राजनीति अब चल्नेछैन। म भाजपाको दाललाई गल्न दिने छुइऩँ।
भाषा झुक्नेछैन, झारखण्ड रोकिनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा