पूर्व मेदिनीपुर, 16 जून (हि.स.)। पूर्व मेदिनीपुरको कृष्णनगरमा दिघा-नन्दकुमार 116बी राष्ट्रिय राजमार्गमा सोमवार बिहान दिघा गइरहेको एक यात्रु वाहक बस अनि विपरीत दिशाबाट आइरहेको कन्टेनर आपस्तमा ठोक्कियो। यस घटनामा दुवै वाहनका चालकहरू गम्भीर रूपमा घाइते भए जसलाई गम्भीर अवस्थामा हेरिया अस्पतालमा भर्ती गरिएको छ।
प्राप्त जानकारी अनुसार बसमा सवार न्यूनतम 15 जना पर्यटकहरू घाइते भएका छन्। उनीहरूलाई पनि हेरिया अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि राष्ट्रिय राजमार्गमा केही समयसम्म भयानक जाम लाग्यो।
पुलिस सूत्र अनुसार दुर्घटनाको कारण पत्तो लगाउन जाँच गरिँदैछ। सूचना पाएर हेरियाको पुलिस हतार-हतार घटनास्थलमा पुग्यो। स्थानीय मानिसहरूले बताए, कन्टेनर द्रूत गतिमा गुड़िरहेको थियो जसले गर्दा नियन्त्रण गुमाएर विपरीत दिशाबाट आइरहेको बससित ठोक्कियो। ठक्करको कारणले दुवै वाहनको अघिल्लो भाग चकनाचुर भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा