ग्वालपाड़ा (असम), 16 जून (हि.स.)। सोमवार ग्वालपाड़ा जिल्लामा व्यापक बेदखली अभियान संचालन गरिँदैछ जसमा अधिकारीहरूले हसिला बिल क्षेत्रका लगभग 1,500 बिघा सरकारी भूमिबाट अतिक्रमणलाई हटाउने कार्य शुरू गरिएको छ।
नागरिक प्रशासनको नेतृत्वमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरेर शुरू गरिएको अभियानमा 667 भन्दा अधिक अवैध घर अनि अनधिकृत प्रतिष्ठानहरूलाई लक्षित गरियो जसमा स्कूल एवं सार्वजनिक उपयोगिताका स्थलहरू सामेल छन्।
अधिकारीहरूले पुष्टि गरे, हटाइएका ढाँचाहरूमा पाँच वटा शैक्षणिक संस्थान अनि जल जीवन मिशन (जेजेएम) परियोजना सामेल छन् जुन स्वीकृति बिनै संचालन भइरहेका थिए।
यस अभियानपूर्व प्रशासनले व्यापक रूपमा जागरूकता तथा नोटिस अभियान संचालन गऱ्यो। अवैध कब्जाधारीहरूलाई बारम्बार औपचारिक नोटिस, ब्यानर एवं माइकिंगको माध्यमबाट अवैध भूमिलाई खाली गर्ने चेताउनी दिइयो।15 जून खाली गर्ने अन्तिम समस-सीमा तोकिएको थियो। तर पनि कंक्रिटका घर एवं पसलहरूदेखि लिएर बोरवेल अनि पानीका पाइप लाइनहरूसम्मै अतिक्रमण कायम रह्यो जसलाई यस अभियान अन्तर्गत ध्वस्त बनाउनको लागि चिन्हित गरिएको छ।
पुलिसले यो सुनिश्चित गर्नको लागि एक सशक्त सुरक्षा घेरा स्थापना गरेको छ ताकि बेदखलीको प्रक्रिया सुचारू रूपमा संचालन हुन सकोस् जसबाट व्यवधान वा संघर्षको जोखिम कम होस्।
अधिकारीहरूले स्पष्ट पारे, बेदखली कुनै भत्काउने उपाय होइन जबकि विकास अनि कल्याण गर्ने उदेश्यको लागि सार्वजनिक भूमिलाई पुनः प्राप्त गर्ने दीर्घकालीक प्रयासको अंग हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा