कोलकाता, 16 जून (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले सोमवार देशबन्धु चित्तरञ्जन दासको पुण्यतिथिमा उनलाई विनम्र श्रद्धाञ्जलि अर्पण गरिन्। उनले सोशल मीडिया मञ्च एक्समा लेखिन्, देशबन्धु भारतीय राजनीतिका यस्ता विलक्षण व्यक्तित्व थिए जसले राष्ट्र निर्माणको हरेक चरणमा आफ्नो अमेट छाप छोड़े। मुख्यमन्त्रीले उनलाई ‘सर्वभारतीय नेता’, ‘हिन्दू-मुस्लिम एकताको स्तम्भ’, ‘निडर वकिल’, ‘सुभाष चन्द्र बोसका प्रेरणास्रोत’ औ ‘कोलकाताका पहिलो मेयर’-को रूपमा स्मरण गर्दै बंगाल एवंं भारतको राजनीतिक तथा सामाजिक चेतनामा उनको योगदानलाई कहिल्यै भुल्न सकिँदैन।
ममता ब्यनर्जीले यो पनि उल्लेख गरिन्, आदिगंगाको किनार ओरातला महाश्मशानमा अवस्थित देशबन्धुको समाधिमा निर्मित स्मृति-सौधको सर्वाङ्गीण जीर्णोद्धार तथा पुनरूद्धार उनको शासनकालमै सम्भव हुन सक्यो। मुख्यमन्त्री अनुसार यो बंगालको लागि गर्वको कुरा हो कि यस ऐतिहासिक स्थललाई संरक्षण गरेर भविष्यका पिँढ़ीहरूको लागि एक प्रेरणास्थलको रूपमा तयार गरिएको छ।
देशबन्धु चित्तरञ्जन दास जसको जन्म 5 नोभेम्बर, 1870-मा कोलकातामा भएको थियो भने उनी भारतीय स्वतन्त्रता संग्रामका अग्रणी नेताहरूमध्ये एकजना थिए। उनी एकजना प्रखर कवि मात्र नभएर संवेदनशील कवि पनि थिए। उनले महात्मा गान्धीको असहयोग आन्दोलनलाई बंगालमा एक व्ापक जन आन्दोलनको रूपमा परिणत गरिदिएका थिए। सन् 1908 सालमा अलिपुर बमकाण्ड हुँदा उनले अरविन्द घोषको पक्षमा वकालत गरेर ब्रिटिश सत्तालाई कानूनी मोर्चामा चुनौती दिए। उनी वर्ष 1923-मा कंग्रेसबाट अलग्गिएर स्वराज पार्टीका संस्थापक बने अनि औपनिवेशिक व्यवस्थामा बसेर स्वशासनको वकालत गरे।
देशबन्धुको निधन 16 जून, 2025-मा दार्जीलिङमा भएको थियो। राष्ट्रपिता महात्मा गान्धीले उनलाई श्रद्धाञ्जलि अर्पण गर्दै भनेका थिए, “देशले एकजना असाधारण आत्मालाई गुमाएको छ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा