गान्तोक, 16 जून (हि.स.)। गान्तोक जिल्लापछि अब मंगन जिल्लामा पनि हप्तामा एकपल्ट परम्परागत पोशाक लगाउनु पर्ने विषयमा निर्देशन जारी गरिएको छ। मंगन जिल्लाका जिल्लापाल अनन्त जैनले गत 10 जूनका दिन जारी गरेको एक परिपत्रमा प्रत्येक शुक्रवार जिल्ला प्रशासनिक केन्द्र (डीएसी) मंगनका अधिकारीहरू र कर्मचारीहरूलाई आ-आफ्नो परम्परागत पोशाक लगाउन निर्देश दिएका छन्।
परिपत्रमा समृद्ध सांस्कृतिक धरोहर र पहिचानको संरक्षण एवं संवर्द्धनका लागि यो पहल शुरू गरिएको बताइएको छ। उनले सबै अधिकारीहरू र कर्मचारीहरूलाई हरेक शुक्रवार उक्त नियम पालन गर्न अनुरोध गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल