खाम्दोङमा एनआईटी स्थापना सम्बन्धी विभिन्न लम्बित मुद्दाहरुबारे छलफल गर्न समन्वय सभा सम्पन्न
खाम्दोङमा एनआईटी स्थापना सम्बन्धी विभिन्न लम्बित मुद्दाहरुबारे छलफल गर्न समन्वय सभा सम्पन्न


गान्तोक, 16 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष मार्गनिर्देशनमा खाम्दोङमा एनआईटी स्थापना सम्बन्धी विभिन्न रहल मुद्दाहरुबारे छलफल गर्न आज सिङताम खामदोङका विधायक तथा राज्य सडक एवं पुल विभागका मन्त्री एनबी दाहालको अध्यक्षतामा टाशीलिङ सचिवालयस्थित मन्त्रीको कार्यालयमा एक बैठक आयोजना गरियो।

बैठकमा 66–11 केभी सब स्टेशनको स्थापना, विद्यमान 2 संख्या 66केभी टावरको पुनर्स्थापना, एनआईटीको लागि समर्पित घरेलू जल आपूर्ति लाइन को व्यवस्था, विद्यमान सार्वजनिक सड़कको पुनर्संरेखण परिधिमा अतिरिक्त 20-30 ऐकर भूमि अधिग्रहण, रालापदेखि डुंगडुंगसम्म सड़कका चौड़ीकरण र सुधार जस्ता विषयमा छलफल भयो।

यस सभामा एनआईटी राभङलाका निर्देशक महेश चन्द्र गोविल, उच्च शिक्षा विभागका निर्देशक टी. ग्याछो भोटिया, ग्राम प्रबन्धन विभागका सचिव एन. भोटिया, सडक एवं पुल विभागका प्रमुख अभियन्ता, विद्युत विभागका अभियन्ता, पीजीसीआईएलका अधिकारी, एनआईटीका प्रतिनिधिहरू, खाम्दोङ सिङताम समष्टिका सीएलसी अध्यक्ष शेराप दोर्जी भोटिया लगायत अन्य सम्बन्धित विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande