ग्वालपाड़ामा भएको सड़क दुर्घटनामा पतिको मृत्यु, पत्नी घाइते
ग्वालपाड़ामा भएको सड़क दुर्घटनामा पतिको मृत्यु, पत्नी घाइते


ग्वालपारा (असम), 16 जून (हि.स.)। ग्वालपारा जिल्लाको मरनै थाना अन्तर्गत नेपालीखूटीमा गए राति एक भयानक सड़क दुर्घटना भयो। बाइक र टाटा म्याजिक आपस्तमा ठोक्किँदा बाइक सवारको मृत्यु भयो भने एकजना महिला गम्भीर रूपमा घाइते भइन्।

ग्वालपारा जिल्लाको पूर्व समष्टि अन्तर्गत 46 नम्बर राज्यमार्गको मरनै थाना क्षेत्रमा भएको यस दुर्घटनामा ज्यान गुमाउने बाइक सवारको पहिचान खेरोपाराको दिलदार हुसैनको रूपमा भएको छ। उनकी पत्नी कफुलबान भने गम्भीर रूपमा घाइते भएकी छन्। पति-पत्नी बाइकमा सवार भएर ग्वालपारा तर्फ गइरहेका थिए। यसै क्रममा उनीहरूको बाइक म्याजिकसित ठोक्कियो।

घटनास्थलमा पुगेको पुलिसले एम्बुलेन्सको माध्यमबाट दिलदारको शव अनि पत्नी कफुलबानलाई ग्वालपारा शहीद निधानुराम राजवंशी सामुदायिक अस्पतालमा पुऱ्यायो। दुर्घटनापछि म्याजिकका चालक घटनास्थलबाट भाग्यो। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरी अग्रिम कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande