अपरेशन सिन्दूर थीममा सजिनेछ कोलकाताको लोकप्रिय दुर्गा पूजा पण्डाल, भाजपा नेता सजल घोषले गरिरहेका छन् आयोजन
अपरेशन सिन्दूर थीममा सजिनेछ कोलकाताको लोकप्रिय दुर्गा पूजा पण्डाल, भाजपा नेता सजल घोषले गरिरहेका छन् आयोजन


कोलकाता, 16 जून (हि. स.)। कोलकाताका प्रतिष्ठित सन्तोष मित्र स्क्वायर दुर्गा पूजा पण्डालमा यस वर्ष ‘अपरेशन सिन्दूर’ थीममा आयोजना गरिनेछ। यो पूजा भारतीय सेनाद्वारा पाकिस्तान अनि पाकिस्तान अधिकृत कश्मीरमा गरिएको सैन्य अभियानप्रति समर्पित हुनेछ। यस पण्डालको आयोजन कोलकाता नगरनिगमको वार्ड नम्बर-50 का पार्षद अनि भाजपा नेता सजल घोषले गरिरहेका छन्।

घोषले सोशल मीडियाको माध्यमबाट यस वर्षको थीमको घोषणा गरे। उनले बताए, हरेक वर्ष झैं यस वर्ष पनि सन्तोष मित्र स्क्वायर सार्वजनिक दुर्गोत्सव समितिले राज्य सरकारबाट प्राप्त हुने वार्षिक आर्थिक सहायता राशिलाई स्वीकार गर्नेछैन। घोषले यस सहायतालाई जनताको धनको दुरुपयोग बताउँदै भने, अब राज्य सरकारले मूलभूत नागरिक सेवाहरूको लागि संघर्ष गरिरहेको अवस्थामा यस प्रकारको सहयोग अनावश्यक छ।

पछिल्लो वर्ष पनि अन्य पूजा समितिहरूले यो आर्थिक सहायतालाई ठोकराएका थिए। त्यसताक आर.जी. कर मेडिकल कलेजमा एकजना जुनियर डाक्टरसित भएको दुष्कर्म अनि हत्याको घटना तथा प्रशासनद्वारा कथित रूपमा यस मामिलालाई दबाउने प्रयास गरिएको कारणले जनतामा व्यापक आक्रोश देखिएको थियो।

सन्तोष मित्र स्क्वायर दुर्गा पूजा राज्यका ती चर्चित पूजा समितिहरूमा दर्रिन्छ जसको नियन्त्रण सत्तारूढ़ तृणमूल कंग्रेसको हातमा छैन। यो राज्यको एक मात्र प्रमुख पूजा हो जसको नेतृत्व भाजपा नेताले गरिरहेका छन् भने आकार र दर्शकहरूको भीड़को मामिलामा तृणमूल समर्थित आयोजनहरूलाई टक्कर दिन्छ।

वर्ष 2023-मा यहाँको थीम अयोध्यास्थित राम मन्दिर थियो जसमा केन्द्रिय गृहमन्त्री अमित शाह पनि सामेल भएका थिए।

यस वर्ष ‘अपरेशन सिन्दूर’-लाई थीम बनाएकोमा राजनीतिक विवाद सृजना भएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले हालैमा यस नामलाई राजनीतिक उद्देश्यबाट प्रेरित बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीमाथि सिन्दूरको बज़ारीकरण गरेको आरोप लगाइन्।

यसको जवाफमा भाजपा नेताहरूले मुख्यमन्त्रीमाथि पाकिस्तानी न्यारेटिभलाई दोहोऱ्याएको आरोप लगाएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande