कोलकाताको खिदिरपुरमा भीषण अग्निकाण्ड, 13 सयभन्दा अधिक पसलहरू जलेर स्वाहा
कोलकाताको खिदिरपुरमा भीषण अग्निकाण्ड, 13 सयभन्दा अधिक पसलहरू जलेर स्वाहा


कोलकाता, 16 जून (हि.स.)। राजधानी कोलकाताको खिदिरपुर क्षेत्रस्थित प्रसिद्ध अरफ्यानगञ्ज मार्केट गए आइतवार राति भयानक आगलागीको चपेटमा पऱ्यो जसमा 13 सयभन्दा अधिक पसलहरू पूर्ण रूपले जलेर खरानीमा परिणत भयो। आगोको भयावहता यसबाट अनुमान लगाउन सकिन्छ कि अग्निशमन विभागका दर्जनौं वाहन तथा सयकड़ौं फायरम्यानले घण्टौं परिश्रम गरेर पनि आगोलाई पूर्ण रूपले नियन्त्रण गर्न सकिरहेका छैनन्।

घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीहरू अनुसार गए आइतवार अबेर राति बजारभित्र अचानक धुँवा निक्लिँदै गरेको देखियो। क्षणभरमै आगोले वरपरका पसलहरूलाई आफ्नो चपेटमा लियो। बजारका अधिकांश भाग काठ अनि प्लास्टिकद्वारा निर्मित भएको कारणले आगोले द्रूत गतिमा विकराल रूप धारण गऱ्यो।

व्यापारीहरूको भनाइ छ, दमकल विभागलाई कैयौं पटक फोन गरियो, तर उनीहरू समयमा आइपुगेन फलस्वरूप आगोले झन् भयानक रूप धारण गऱ्यो। केही पसलेहरूले आफ्नो सामानलाई बचाउने प्रयास गरे, तर गर्मी र धुँवाको कारणले उनीहरू सफल हुन सकेनन्।

दमकल विभागद्वारा घटनास्थलमा लगभग 20भन्दा अधिक दमकल वाहनहरूलाई पठाइयो। दमकलकर्मीहरू आगोलाई नियन्त्रण गर्नमा जुटेका छन्, तर अहिलेसम्म पूर्ण रूपले नियन्त्रण गर्न सकेका छैनन्। दमकलमन्त्री सुजीत बोसले मीडियासित बातचित गर्दै भने, सूचना पाउनसाथ हाम्रा टीमहरू घटनास्थल तर्फ प्रस्थान भए। ढिलो गरी पुगेको आरोप हामीमाथि लगाइएको छ जुन पूर्ण रूपले गलत हो। आगो अत्यन्त भयानक भएको कारणले नियन्त्रण गर्न समय लागिरहेको छ।

यस घटनामा पसलेहरूलाई करोड़ौं रुपियाँको नोक्सान भएको छ। अधिकांश पसलेहरूको यो पारिवारिक पसल थियो जसमाथि पसले अनि परिवार पूर्ण रूपले निर्भर थिए। व्यापारीहरूको भनाइ छ, उनीहरूसित न त पसल छ, न त बचत।

स्थानीय पसले रमेश कुमारले भने, 40 वर्षदेखि यहाँ पसल संचालन गरिरहेको थिएँ सबै कुरा जलेर स्वाहा भयो। छोरीको विवाहको लागि जमा गरेको पैसा समेत यसै पसलमा थियो। अब के गर्ने?

घटनाबारे जानकारी पाउनसाथ पुलिस अनि प्रशासनिक अधिकारीहरूले घटनास्थलमा पुगेर राहत अनि बचाउ कार्य शुरू गराए। पुलिसले वरपरका सड़कहरूलाई खाली गराएको छ साथै भीड़लाई नियन्त्रण गर्नको लागि अतिरिक्त बललाई तैनाथ गरिएको छ।

व्यापारी तथा स्थानीय मानिसहरूले राज्य सरकारसित आर्थिक क्षतिपूर्ति तथा पुनर्वास प्याकेजको माग गरेका छन्। कोलकाता नगर निगमका अधिकारीहरूले नोक्सानको सर्वेक्ष गर्न शुरू गरेका छन् जसको चाँड़ै नै रिपोर्ट तयार गरिनेछ।

अहिलेसम्म आगलागीको कारण बारे आधिकारिक रूपमा पुष्टि नगरिएको भए पनि प्रारम्भिक जाँचमा शर्ट सर्किटको कारणले आगो लागेको हुनसक्ने आशंका व्यक्त गरिएको छ। बजारमा रहेको केही अस्थायी बिजुली कनेक्शन अनि ओभरलोडेड तारहरूको स्थितिलाई पहिलाबाटै खतरनाक मानिँदैथ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande