मेघालय सरकारले निजी वाहनहरूको व्यवसायिक उपयोगमाथि प्रतिबन्ध लगायो
मेघालय सरकारले निजी वाहनहरूको व्यवसायिक उपयोगमाथि प्रतिबन्ध लगायो


शिलंग, 16 जून (हि.स.)। मेघालय परिवहन विभागले व्यावसायिक उदेश्यको लागि निजी दुई चक्के तथा चार चक्के वाहनहरूलाई भाड़ामा दिने विरूद्ध कड़ा चेताउनी जारी गरेको छ। अधिकारीहरूले यो कदम इन्दौर निवासी राजा रघुवंशी हत्याकाण्डको जाँच गरेपछि उठाएका हुन्। राजाकी पत्नी सोनम रघुवंशी तथा अन्य तीनजना आरोपीहरूले कथित रूपमा अपराधलाई परिणाम दिनका लागि शिलंगमा दुई चक्के वाहनहरूलाई भाड़ामा लिएको मामिलाको जाँचमा खुलासा भएको छ।

परिवहन आयुक्त डेभिड डी. संगमाले एक सार्वजनिक नोटिसमा मानिसहरूलाई सूचित गरेका छन्, राज्यमा निजी वाहनहरूलाई भाड़ामा दिनु अवैध हो। उनले स्पष्ट पारे, मेघालय आजसम्म कुनै आधिकारिक रेन्ट-ए-बाइक वा रेन्ट-ए-क्याब योजना शुरू गरेको छैन जसको अर्थ हुन्छ, कुनै पनि व्यक्ति वा संगठनलाई यस्तो सेवा संचालन गर्ने कानूनी अधिकार छैन।

संगमाले मोटर वाहन अधिनियम-1988 को आधारमा बताए, धारा-66 ले वैध परमिट बिना वाहनहरूलाई वाणिज्यिक परिवहनको रूपमा प्रयोग गर्ने अनुमति दिँदैन। धारा 192 ए अन्तर्गत यस्तो गतिविधि गर्नेहरूलाई जरीमाना वा कारावासको सजाय हुन्छ। धारा 207 अन्तर्गत अधिकारीहरूसित परमिट कानूनहरूको उल्लंघन गर्ने वाहनहरूलाई जफत गर्ने अधिकार पनि छ। नोटिसमा चेताउनी दिइएको छ, अवैध भाड़ाको सेवालाई प्रेरित गर्ने वा चलाउने कुनै पनि व्यक्तिले दण्ड, जेलको सजाय अनि वाहन जफत सहित कानूनी परिणामहरूको सामना गर्नुपर्नेछ।

अधिकारीहरूले बल दिँद भने, आदेशको उदेश्य सार्वजनिक सुरक्षा, आम मानिसहरूको रक्षा गर्नु तथा कानूनी परिवहन संचालनलाई काम राख्नु हो। यस कारबाहीले व्यापक चिन्ता उत्पन्न गरिदिएको छ। विशेष कीटिंग रोड जस्तो क्षेत्रमा जहाँ केही मानिसहरूले कथित रूपमा अवैध दुईचक्के वाहनलाई भाड़ामा दिने व्यवसाय गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande