हुगली, 16 जून (हि.स.)। हालैमा लोक निर्माण विभागले हुगली स्टेशनदेखि ब्याण्डेल जीटी रोड एवं वरपरका लगभग साढे चार सय पसल अनि घरहरूलाई हटाउने नोटिस दिएको छ। यसलाई मध्यनजर गर्दै चुँचुड़ाका विधायक असित मजुमदारले आइतवार अपरान्ह स्थानीय पसलेहरूसित बैठक गरी लोक निर्माण विभागको जमीनलाई खाली गर्नका लागी आगामी 30 जूनसम्मको समय-सीमा तर गरे। विधायकले भने, जल निकासीलाई व्यवस्थित बनाउनको लागि नालीहरूमाथि अतिक्रमण गरेर बनाइएका पसलहरूलाई हटाउनुपर्छ।
स्थानीय सूत्र अनुसार नालडांगा ब्याण्डेल र कैलाशनगर क्षेत्रमा जल जमाउको समस्या छ। यसलाई समाधान गर्नको लागि जलनिकासीलाई व्यवस्थित बनाउन आवश्यक छ। त्यसैले व्यापारीहरूलाई यस कदम बारे जानकारी दिइएको हो।
व्यापारीहरूले भने, उनीहरूले विगत लामो समयदेखिकै लोक निर्माण विभागको जमीनमा पसल संचालन गरेर जीविकोपार्जन गर्दै आइरहेका छन्। अब उनीहरूलाई पूर्ण रूपले बेदखल गरियो भने उनीहरू कहाँ जान्छन्। व्यापारीहरू पनि नालीलाई व्यवस्थित राख्न चाहन्छन र आवश्यक परे पसलहरूलाई सानो बनाउन पनि तयार छन्।
विधायकले भने, लोक निर्माण विभागले बेदखलीको नोटिस दिएको छ। उनी चाहन्छन्, व्यापार गरिरहेका व्यापारीहरूले आफ्नो पसल चलाउन सकुन्। तर फेरि नालीको समस्या उत्पन्न हुन नदिनको लागि नालीहरूलाई खाली गर्नुपर्छ। यसको लागि आगामी 30 जूनसम्मको समय दिइएको छ। उनीहरूले आफै आफ्ना पसलहरूलाई हटाउन्। अन्यथा प्रशासनले कदम उठाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा