कोलकाता, 14 जून (हि. स.)। भारत सरकारको संस्कृति मन्त्रालयले कोलकाताका प्रसिद्ध सांस्कृतिक व्यक्तित्व, लेखक औ परोपकारी सन्दीप भुतोरियालाई भिक्टोरिया मेमोरियल हल (भीएमएच)- को ट्रष्टी बोर्डमा तीन वर्षको लागि नामित गरेको छ।
नामांकनमाथि प्रतिक्रिया व्यक्त गर्दै भुतोरियाले सोमवार भने, भिक्टोरिया मेमोरियल हल बंगालको आत्मामा रचा-बसा एक सांस्कृतिक, कलात्मक एवं स्थापत्यको प्रतीक हो। बंगाल अनि भारतको यस ऐतिहासिक विरासतसित जोड़िन पाउँदा मलाई गर्व अनि सम्मान अनुभूति भइरहेको छ।
सन्दीप भुतोरियाले वर्तमानमा कोलकातास्थित इण्डियन म्यूजियमको ट्रष्टी बोर्डमा पनि सेवा पुऱ्याइरहेका छन्। उनी लण्डनको रोयल सोसाइटी अफ आर्ट्सका फेलो हुन्, रोयल ओभरसिज लीग लण्डन, इण्डिया इन्टरनेशनल सेन्टर (आईआईसी), इण्डिया ह्याबिटेट सेन्टर (आईएचसी), राजस्थान इन्टरनेशनल सेन्टरका सदस्य अनि 'एजुकेशन फर अल ट्रष्ट'-का ट्रष्टी पनि हुन्।
उनी संस्कृति मन्त्रालयको ‘कलात्मक कार्य एवं निर्माण अनुदान समिति’- को विशेषज्ञ समितिका सदस्य हुनका साथै इण्डियन काउन्सिल फर कल्चरल रिलेशन्स (आईसीसीआर)- को सल्लाहकार समितिका सदस्य तथा ईस्टर्न जोनल कल्चरल सेन्टर (ईजेडसीसी)- का ब्राण्ड एम्बेसडर समेत हुन्।
अन्तर्राष्ट्रिय स्तरमा पनि उनले भारतको प्रतिनिधित्व संयुक्त राष्ट्र संघसित सम्बन्धित बैठकहरूमा गरिसकेका छन्। वर्ष 2015-मा तत्कालीन विदेश मन्त्री सुषमा स्वराजद्वारा शुरू गरिएको 'डब्ल्यूएफयूएनए फाउण्डेशन'- को स्थापनामा उनको प्रमुख भूमिका रहिआएको छ जसले संयुक्त राष्ट्रको उदेश्यलाई भारतमा प्रोत्साहित गर्दछ अनि युवाहरूको सहभागिता सुनिश्चित गर्दछ।
उनी प्रभा खेतान फाउण्डेशनका म्यानेजिंग ट्रष्टी पनि हुन् जसको माध्यमबाट उनले भारत, यूरोप, अमेरिका र पश्चिमी एशियामा भारतीय कला, साहित्य औ संस्कृतिलाई प्रेरित गर्नको साथै देशका लोक कलाहरूको संरक्षणमा समेत सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। फाउण्डेशनलले बाल-बालिका, महिला एवं वरिष्ठ नागरिकहरूसित सम्बन्धित सामाजिक कार्यहरू गर्दै आइरहेको छ।
भुतोरियाले 'एन अथर्स आफ्टरनून', 'आखर', 'चौपाल', 'एक मुलाकात', 'कलम', 'किताब', 'लफ़्ज़', 'टे-आ-टी', 'द राइट सर्कल' एवं 'द यूनिभर्स राइट्स' जस्ता केही चर्चित सांस्कृतिक कार्यक्रमहरूको परिकल्पना गरेका छन् जसले देश-विदेशका साहित्यिक समूहहरूलाई एउटै मञ्चमा गोलबन्द गर्दछ।
पेट्रोनैट एलएनजी लिमिटेडको निदेशक मण्डलमा सामेल भुतोरिया केही कम्पनीहरूको कर्पोरेट सामाजिक दायित्व (सीएसआर) परियोजनाहरूसित जोड़िएका छन्। यस अतिरिक्त कोलकाताको प्रतिष्ठित नागरिकहरूको संगठन ‘द बंगाल’ तथा कोलकाता पुलिससित मिलेर वरिष्ठ नागरिकहरूलाई सहयोग गर्नका लागि शुरू गरिएको ‘प्रणाम’ योजनासित पनि उनी सक्रिय रूपमा जोड़िएका छन्।
एक प्रखर लेखक औ विश्वयात्री भुटोरियाले 'द सफारी', 'चाइना डायरी', 'द नर्वे डायरी', 'ग्लोबल देशी, 'कलकत्तास्केप', 'आप बीती जग बीती', 'द बेड़ा बन्ड', 'अमर कोलकाता' तखा 'माय लाइफ माय ट्राभल्स' जस्ता पुस्तकहरू लेखेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा