वरिष्ठ पत्रकार एवं हिन्दुस्तान समाचारका पूर्व ब्यूरो चीफ अरविन्द विठ्ठल कुलकर्णीको निधन
वरिष्ठ पत्रकार एवं हिन्दुस्तान समाचारका पूर्व ब्यूरो चीफ अरविन्द विठ्ठल कुलकर्णीको निधन


मुम्बई, 16 जून (हि.स.)। वरिष्ठ पत्रकार अरविन्द विठ्ठल कुलकर्णीको गए आइतवार निधन भयो। उनको 84 वर्षको उमेरमा निधन भएको छ। उनी वर्ष 2008-09 मा हिन्दुस्तान समाचारका मु्म्बई ब्यूरो चीफ रहिसकेका छन्। उनले आफूपछि पत्नी र तीन जना सन्तानलाई छाड़ी गएका छन्। उनका छोरा दुवै डा. मल्हर र केदार उनको निधन हुँदा मुम्बईमा अनुपस्थित रहेका कारण उनको अन्तिम संस्कार सोमवार अपरान्ह पवईस्थित मोक्ष धाममा गरिनेछ।

जानकारी अनुसार बितेका चार दिनदेखिको उनको छात्तीमा कफ जामिएको थियो जसले गर्दा उनले घरमै आराम गरिरहेका थिए। आचार्य अत्रेको 'मराठा'-बाट पत्रकारिताको करियर शुरू गर्ने अरविन्दरावले पछि लामो समयसम्म अंग्रेजी समाचार पत्र 'मिड डे'- मा राजनीतिक सम्पादकको रूपमा काम गरे। त्यहाँ काम गर्दा खालिद अन्सारी जस्ता मुस्लिम प्रधान सम्पादकको उपस्थिति हुँदाहुँदै पनि उनले आफ्नो हिन्दुत्व विचारधारालाई त्याग नगरी पत्रकारिता गरे। अरविन्दरावलाई एक जना जुझारु पत्रकारको रूपमा स्मरण गरिनेछ जसले महाराष्ट्रको राजनीतिलाई नजिकबाट देखे अनि विभिन्न पार्टी संगठनहरूका नेता तथा कार्यकर्ताहरूसित आफ्नो सम्बन्धको माध्यमबाट राष्ट्रिय महत्वका मुद्दाहरूमाथि सामग्री तयार गरेर त्यसमाथि टिप्पणी गरे।

स्वामी सावरकर, डा. हेडगेवार औ प. भा. भावेका विचारहरूबाट प्रभावित अरविन्दरावले केही वर्षसम्म साप्ताहिक विवेक तथा मासिक धर्म भास्करको सम्पादन समेत गरेका थिए। उनको राष्ट्रिय समाचार एजेन्सी 'हिन्दुस्थान समाचार'- को मुम्बई ब्यूरो प्रमुखका रूपमा पनि महत्वपूर्ण काम गरेका थिए। उनले केही युवाहरूलाई राष्ट्रवादी पत्रकारिताको पाठ पढ़ाएका थिए। लगभग एक दशकसम्म उनले प. भा. भावे स्मृति समितिका कार्यकारी निदेशकको रूपमा मुम्बई तथा यस वरपरका क्षेत्रहरूमा केही गतिविधिहरू गरे। पछिल्लो चार वर्षदेखिको उनले 'अधोरेखित' नामक यूट्यूब च्यानलमा टिप्पणी प्रस्तुत गर्दै आइरहेका थिए।

उनका जेठो छोरो डा. मल्हार आईआईटी मुम्बईमा संस्कृ भाषाका विभागाध्यक्ष हुन् भने केदारले पछिल्लो दुई दशकदेखिको अरूणाचल प्रदेशमा वनवासी कल्याण आश्रमको पूर्णकालिक कार्यकर्ताको रूपमा काम गर्दै आइरहेका छन्। उनका कान्छा छोरा ओमकार कुलकर्णी अंग्रेजी भाषाका कवि हुन् साथै फिल्म अनि धारावाहिरको क्षेत्रमा लेखक-अभिनेताको रूपमा पनि प्रसिद्ध छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande