जलपाईगुड़ी, 16 जून (हि. स.)। जिल्लाको मर्चेन्ट रोडस्थित एउटा जुत्ता पसलमा गए आइतवार राति भयानक आगो लाग्यो जसमा जुत्ता पसल जलेर खरानी भएको छ। यस घटनाको कारणले क्षेत्रमा कोकोहोलो मच्चिएको थियो। घटनामा कुनै प्रकारको जनहानि भएको समाचार छैन।
प्राप्त जानकारी अनुसार गए आइतवार राति अचानक जुत्ता पसलमा आगो लाग्यो। स्थानीय मानिसहरूले घटनाको सूचना जलपाईगुड़ी दमकल विभागलाई दिए। खबर पाउनसाथ जलपाईगुड़ी दमकल केन्द्रबाट दुईवटा दमकलको इञ्जीन घटनास्थलमा पुगे। आगोको स्वरूप भयानक भएको कारणले दकलकर्मीहरूलाई अक्सीजनको सिलेण्डर बोकेरै आगो निभाने कार्यमा जुट्नुपऱ्यो। घण्टौंसम्म कठोर परिश्रम गरेर आगोलाई नियन्त्रण गरियो।
दमकल विभागको प्राथमिक अनुमानमा आगो शर्ट सर्किटको कारणले लागेको हुनसक्छ। तथापि घटनामा कुनै प्रकारको ज्यानहानि भएको सूचना प्राप्त भएको छैन। जलपाईगुड़ी नगरपालिकाका भाइस चेयरम्यान सैकत च्याटर्जी पनि सूचना पाउनसाथ घटनास्थलमा पुगे। उनले घटनास्थलको निरीक्षण गरेपछि सम्पूर्ण घटनाको जाँच गर्ने आदेश दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा