मालदह, 16 जून (हि.स.)। मालदह जिल्लाको मोजमपुर क्षेत्रमा गए आइतवार राति दुई गुटमाझ भएको गोलीकाण्डमा एक जना टोटो चालकलाई गोली लागेर घाइते भएका छन्। पुलिसले घटनाको जाँच शुरू गरेको छ। अपराधीहरूलाई खोजिँदैछ। पुलिस सूत्र अनुसार घाइते टोटो चालकको नाम आमिर शेख हो जो कालियाचक थाना अन्तर्गत गोलापगञ्ज ग्राम पञ्चायतको पीरपाड़ा निवासी रहेको बताइएको छ।
प्राप्त जानकारी अनुसार गए आइतवार राति आमिर बजारदेखि आँप लिएर घर फर्किरहेका थिए। उनी टोटो लिएर कालियाचक तर्फ गइरहेका थिए। यसै अवधि मोजमपुर स्ट्याण्ड सामु स्टेट हाइवेमा दुई गुटमाझ फाइरिंग भइरहेको थियो जसमा एउटा गोली आमिरलाई लाग्यो। टोटोको अगाड़िको शिशा फुटेर गोली सोझै आमिरको छात्तीमा लाग्यो। तुरून्त भुइँमा ढलेका आमिरले गम्भीर घाइते अवस्थामा फोन गरेर घटनाको जानकारी परिवारलाई दिए।
हतार-हतार उसलाई पहिला सिलमपुर ग्रामीण अस्पतालमा लगियो जहाँबाट उसको गम्भीर अवस्थालाई ध्यानमा राखेर मालदह मेडिकल कलेजमा रेफर गरिदियो। परिवारले उसलाई एक निजी अस्पतालमा भर्ती गरायो। अस्पताल सूत्रानुसार उसको अवस्था गम्भीर छ। घटनालाई लिएर परिवार चिन्तित छ। आमिरका भतिज साहिल शेखले भने, तिनका काकाको परिवारमा पत्नी र दुई जना नानीहरू छन्। परिवारमा कमाउने आमिर एक्लो व्यक्ति हुन्। हामी माग गर्दछौं, अपराधीहरूलाई कड़ा सजाय दिइयोस्। घटनापछि परिवारले थानामा लिखित सिकायत दर्ता गराएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा