नदिया, 16 जून (हि. स.)। जिल्लाको हरिनघाटा ब्लक अन्तर्गत मोलाबेलिया ग्राम पञ्चायतको दसडिया दासपाड़ा क्षेत्रमा एक जना व्यक्तिको शव उसको ससुरालीमा झुण्डिरहेको अवस्थामा भेटियो। मृतकको पहिचान शुभेन्दु साहा (33)-को रूपमा भएको छ भने तिनी हावडाको दासनगर क्षेत्रका निवासी थिए।
प्राप्त जानकारी अनुसार विवाह भएदेखि नै पति-पत्नीबीच विवाद भइरहेको थियो। त्यसैले उसकी पत्नी हावड़ास्थित पतिको घरलाई छोड़ेर आफ्ना दुवै नानीहरूलाई लिएर हरिनघाटास्थित आफ्ना पिताको घरमा बस्दै आएकी थिई। शुभेन्दु साहा कहिले-काहीँ आफ्ना नानीहरू र पत्नीसित भेट गर्नको लागि ससुरालीमा जान्थे। गए आइतवार पनि तिनी ससुराली गएका थिए।भनिन्छ, राती सम्पूर्ण परिवारसित खाना खाएपछि शुभेन्दु त्यहीँ बसे।
ससुराली पक्षले बतायो, बिहान उसलाई घरमा देखिएन। पछि उसको शव घरको सिँढ़ी नजिक झुण्डिरहेको अवस्थामा पाइयो। शवलाई लिएर परिवारका मानिसहरू थानामा गए। त्यहाँबाट उसलाई कल्याणी जवाहरलाल नेहरू मेमोरियल अस्पतालमा लगियो जहाँ ड्यूटीमा तैनाथ डाक्टरले शुभेन्दुलाई मृत घोषित गरिदिए। सूचना पाएर हरिनघाटा थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा