गलवान संघर्षका शहीदहरूलाई श्रद्धाञ्जलि अर्पित
गलवान संघर्षका शहीदहरूलाई श्रद्धाञ्जलि अर्पित


लद्दाख, 16 जून (हि.स.)। भारत-चीन सीमा गलवान उपत्याकामा पाँच वर्ष अगाड़ि भएको झड़पमा शहीद भएका सैनिकहरूलाई स्मरण गर्दै भारतीय सेनाको फायर एण्ड फ्यूरी कोरले श्रद्धाञ्जलि अर्पण गरेको छ।

फायर एम्ड फ्यूरी कोरले एक्समा पोस्ट गऱ्यो, ''गलवान दिवसमा फायर एण्ड फ्यूरी कोरले हाम्रा बहादुरहरूको वीरता अनि सर्वोच्च बलिदानलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गऱ्यो जो विपरीत परिस्थितिमा पनि डटिरहे। गलवान उपत्याकामा हाम्रा सैनिकहरूले देखाएका अदम्य साहस हरेक भारतीयको हृदयमा सदैव गुञ्जिरहनेछ। राष्ट्रले उनीहरूको परिवारलाई सम्मान गर्दछ। उनीहरूको बलिदानले नयाँ पीढ़ीहरूलाई प्रेरित गरिरहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande