तृणमूल पञ्चायत सदस्यका पतिमाथि सुजापुरमा हमला
तृणमूल पञ्चायत सदस्यका पतिमाथि सुजापुरमा हमला


मालदा, 16 जून (हि. स.)। एकपटक फेरि मालदा जिल्लाबाट तृणमूल कंग्रेसका कार्यकर्तामाथि सार्वजनिक रूपमा हमला गरेको खबर प्रकाशमा आएको छ। यसपालि हमलाका शिकार भएका तृणमूल पञ्चायत सदस्यका पति तौफिक अलीमाथि धारिलो हतियारले प्रहार गरेको आरोप छ। उनलाई गम्भीर रूपमा मेलदा मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ। घटना मालदाको कालियाचक थाना अन्तर्गत सुजापुर क्षेत्रमा भएको हो।

पुलिस सूत्र अनुसार घाइतेको नाम तौफिक अली हो जसको उमेर 42 वर्ष रहेको छ भने उनको घर सुजापुर योगी मोड़ तुतपाड़ामा छ। उनकी पत्नी सोनी बीबी सुजापुर ग्राम पञ्चायतकी तृणमूल कंग्रेस सदस्य हुन्।

परिवारको आरोप छ, यस हमलाको पछाड़ि बेनु शेख, रेनु शेख तथा जहाँगीर शेखको हात रहेको छ। भनिन्छ, यी सबै आरोपीहरू तृणमूलकै समर्थकहरू हुन्।

घटना गए आइतवार अबेर साँझ भएको छ। आरोप छ, आरोपीहरूले गल्लीक किनारमा बसेर रक्सी पिरहेका थिए जसको तौफिक अलीले विरोध गर्दा बहस भयो। यसबीच बेनु शेख र उसको साथीले अचानक तौफिकमाछि धारिलो हतियारले हमला गरे।

आरोपीहरूले तौफिकलाई सड़कमा लड़ाएर निर्दयतापूर्वक हमला गरे। हल्ला सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगे जसले गर्दा आरोपीहरू त्यहाँबाट टाप कसे। तौफिकलाई रगतपच्छे अवस्थामा अस्पतालमा पुऱ्याइयो। घटनालाई लिएर कालियाचक थानामा सिकायत दर्ता गरिएको छ। पुलिसले आरोपीहरूलाई खोजिरहेको छ।

घाइते तौफिकका छोराले बताए, मेरा पिता चिया लिन गएका थिए। केही समयपछि उनले फोनमा भने, मलाई काटिरहेको छ। हामी तुरून्त दौड़ेर घटनास्थलमा पुग्यौं, तर त्यहाँ कोही पनि थिएन। मेरा पिता मात्र रगतपच्छे भएर भुइँमा लड़ेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande