हुगली, 16 जून (हि. स.)। चन्दननगर पुलिस कमिश्नरेटको यातायात विभागीय अस्थायी महिला कर्मचारीको अप्राकृतिक मृत्युको घटनाले चुँचुड़ामा खैलाबैला मच्चियो। पुलिस सूत्र अनुसार महिला कर्मचारीको नाम देवप्रिया सेछ (34)- हो।
प्राप्त जानकारी अनुसार चुँचुड़ा नगरपालिकाको वार्ड नम्बर- 30 अन्तर्गत गरबाती राजराजेश्वरी तलामा अवस्थित देवप्रियाका पिताको घरमा उसको शव झुण्डिरहेको अवस्थामा भेटियो। पारिवारिक सूत्र अऩुसार पति-पत्नीबीच लामो समयदेखिकै तनाउ भइरहेको थियो।
देवप्रियाकी आमा मञ्जुला भट्टचार्यले बताइन्, उनकी छोरीको स्थानीय एक जना युवकसित परिचय भएको थियो। यसै सम्बन्धलाई लिएर उसको आफ्नो पतिसित सदैव विवाद भइरहन्थ्यो। छोरीले पनि कथित रूपमा आफ्नी आमाको विरोधमा पितालाई विभिन्न कुराहरू सुनाउँथी।
परिवारको दाबी छ, यस्तै कारणहरूले गर्दा देवप्रिया मानसिक रूपमा तनाउग्रस्त भएकी थिइन्। केही दिनअघि उसको पतिले युवकको घरमा पुगेर उत्पात मच्चाएको थियो। परिवारले बतायो, देवप्रियाको डायरीमा लेखिएको सुसाइड नोटमा उसले आफ्नो मृत्युको लागि पति र छोरीलाई जिम्मेवार ठहराएकी छन्।
देवप्रियाकी आमाले भनिन्, हामी मुद्दा दर्ता गराउने छैनौं। अर्कोतिर उसकी छोरीले आफ्नो पितालाई साथ दिने बताएकी छे।
घटनापछि वार्ड नम्बर-30 का पार्षद सौमित्र घोषले भने, देवप्रिया ट्राफिक होमगार्डको रूपमा कार्यरत थिइन्। पारिवारिक कलहको कारणले उसले आत्महत्या गरेको जानकारी हामीले पाएका छौं। सुसाइड नोट हात लागेको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा