ब्राउन शुगर सहित युवक पक्राउ
ब्राउन शुगर सहित युवक पक्राउ


सिलगढ़ी, 16 जून (हि. स.)। डिटेक्टिभ डिपार्टमेन्ट (डीडी)-ले प्रचुर मात्रामा ब्राउन शुगर सहित एक जना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको पहिचान माटीगाड़ा क्षेत्र निवासी बाप्पी सिंह (30)-को रूपमा गरिएको छ।

पुलिस सूत्र अनुसार डीडी टीमले गए आइतवार राति गुप्त सूचनाको आधारमा माटीगाड़ाको चाँदमुनी क्षेत्रमा अभियान संचालन गरी एक जना स्कुटी चालकलाई समात्यो। जाँच गर्दा स्कुटीको डिग्गीमा राखिएको ब्यागबाट 1.50 ग्राम ब्राउन शुगर अनि लाखौं रुपियाँ भेटियो। त्यसपछि युवकलाई पक्राउ गरियो साथै तस्करीमा प्रयोग गरिएको स्कुटीलाई पनि जफत गरियो।

डीडी टीम अनुसार आरोपी युवक उक्त ब्राउन शुगरको डिलीभरी गर्न आएको थियो। युवकलाई माटीगाड़ा थानामा सु्म्पिइएको छ। पुलिसले अग्रिम कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande