कोलकाता, 16 जून (हि.स.)। कालीघाटमा दिउँसै भएको एक जना युवकको हत्याको मामिलामा चार दिनभित्रै पुलिसले आरोपीलाई पक्राउ गर्न सफलता हासिल गरेको छ। सोमवार बिहान कालीघाट थानाको पुलिसले यस मामिलामा अशेष सरकार उपनाम पिकलु नामक व्यक्तिलाई पक्राउ गऱ्यो। जाँच अधिकारीहरू अनुसार पसलको साइन बोर्ड भत्किएकोलाई लिएर शुरू भएको विवादले हत्याको रूप लिएको थियो।
यो घटना गत 13 जूनको अपरान्ह लगभग 3:30 बजी कालीघाटको बेनिनन्दन स्ट्रीटमा भएको थियो। यहाँको एक पसलमा कार्यरत युवक सौमेन घरामाथि छुराले प्रहार गरिएको थियो। पुलिस जाँचमा थाहा लागे अनुसार पसलका सामानहरू लादिरहेको लरीले नजिकैको पसलको साइन बोर्डलाई ठक्कर दियो जसले गर्दा साइन बोर्ड भत्कियो। यसैलाई लिएर दुई पसलका कर्मचारीहरूमाझ बहस शुरू भयो।
बहस भइरहँदा अशेष सरकार उपनाम पिकलु घटनास्थलमा पुगे अनि छुरीले सौमेनमाथि हमला गरे। घटनालाई परिणाम दिएपछि पिकलु भाग्न थाले। उसलाई स्थानीय मानिसहरूले रोक्ने प्रयास गर्दा घाइते भए। त्यसपछि पिकलु घटनास्थबाट भागे। गम्भीर रूपमा घाइते सौमेनलाई तत्काल एसएसकेएम अस्पतालमा लगियो जहाँ उसको मृत्यु भयो।
कालीघाट थानाको पुलिसले मामिलाको अनुसन्धान गर्दै वरिपरीका सीसीटीभी फुटेजको पनि जाँच गऱ्यो। साथै प्रत्यक्षदर्शीहरूसित बातचित गरियो। त्यसपछि चार दिनभित्रै पुलिसले आरोपीलाई चिन्हित गरी पक्राउ गऱ्यो। सोमवार आरोपीलाई अदालतमा पेश गरियो। त्यहाँबाट पुलिसले आफ्नो हिरासतमा लिएर आरोपीसित जाँचबुझ गर्ने योजना बनाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा