कछार, 16 जून (हि.स.)। ड्रग्स विरूद्ध अभियानमा कछार पुलिसलाई ठूलो सफलता हात लागेको छ। गुप्त सूचनाको आधारमा आइतवार पुलिसले कछार जिल्लाको कचूदरम क्षेत्रको बाउरिकान्दीमा एक महिलाको घरमा छापा माऱ्यो।
छापामारीमा पुलिसले महिलाको घरबाट भारी मात्रामा हेरोइन जफत गऱ्यो। पुलिसले हेरोइन भरेको 6 साबुनदानी जफत गऱ्यो, जसबाट कूल 72 ग्राम हेरोइन जफत गरियो।
तलाशीमा ड्रग्स तस्कर नजमा बेगम लस्करको घरबाट 16 लाख 23 हजार रूपियाँ नगदी पनि जफत गरिएको छ।
कछारका पुलिस अधीक्षक नुमानल महत्ताले सोमवार जानकारी दिए, जफत गरिएको हेरोइनको कालो बजारमा अनुमानित दर लगभग 50 लाख रूपियाँ छ।
पुलिस अधिकारी अनुसार, यो नशालु पदार्थ छिमेकी राज्य मिजोरमबाट तस्करी गरी कछारमा बिक्रीको निम्ति ल्याइएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी