जोरथाङमा पानीको समस्या समाधाका लागि पहल शुरू
जोरथाङमा पानीको समस्या समाधाका लागि पहल शुरू


गान्तोक, 16 जून (हि.स.)। आपूर्ति हुँदै आएको खानेपानी धमिलो हुन थालेपछि स्थानीयहरूमा चिन्ता बढेको छ। आपूर्ति हुने पानी प्रयोगका लागि अस्वस्थकर बन्दै गएको स्थानीय मानिसहरूको गुनासोपछि समस्या समाधानका लागि ठोस कदम चालिएको छ।

क्षेत्र विधायक मदन सिञ्चुरीले नागरिकहरूलाई स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले सम्बन्धित विभागलाई तत्काल सुधारात्मक कार्य गर्न निर्देशन दिएका छन्। विधायकको उक्त निर्देशनअनुसार विभागले धमिलो पानीलाई छिटोभन्दा छिटो सफा गरेर पुनः सङ्लो पानी आपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाइसकेको छ।

स्रोतका अनुसार, अहिले मुहान र प्रशोधन केन्द्रमा नियमित अनुगमन गर्दै आवश्यक सरसफाई तथा फिल्ट्रेसन प्रणालीलाई दुरुस्त बनाउने काम तीव्र रूपमा भइरहेको छ। साथै, स्थानीय नागरिकहरूलाई केही समय धैर्य राख्न अनुरोध गर्दै शीघ्र सुधारको आश्वासन समेत दिइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande