गान्तोक, 16 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्लीमा देशकी राष्ट्रपति द्रौपदी मुर्मूसॅंग शिष्टाचार भेट गरेर सिक्किमका जनताको तर्फबाट हार्दिक शुभकामना व्यक्त गरेका छन्।
यस अवसरमा मुख्यमन्त्रीले राष्ट्रपतिलाई भारतीय संघको राज्यको रूपमा सिक्किमको एकीकरणको 50औं वर्ष, स्वर्ण जयन्ती समारोहको अवसरमा जारी गरिएको स्मृति चिन्ह, स्मारक सिक्का र हुलाक टिकट प्रदान गरे।
मुख्यमन्त्रीले यस अवसरलाई गर्व र ऐतिहासिक क्षणको रूपमा वर्णन गर्दै यो कदम सिक्किमका जनताको एकता र आकांक्षाको प्रतीक रहेको बताएका छन्। भारतीय संघमा विकास र सद्भावको पाँच दशकको यात्रालाई मान्यता दिँदै राज्यको चलिरहेको समारोहको एक भागको रूपमा स्मारक वस्तुहरू प्रदान गरिएको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल