कोलकाता, 16 जून (हि.स.)। आरजीकर मेडिकल कलेजका तीन डाक्टरहरूको पोस्टिङ विवादमा कलकत्ता हाईकोर्टले राज्य सरकारलाई तोखी प्रश्न सोधेको छ, के तपाईले मेधाको आधारमा पोस्टिङ गर्छन् या जसलाई जहाँ मन छ, त्यहाँ पठाउँछन् ? यो प्रश्न सोमवार न्यायमूर्ति विश्वजीत बसुले राज्य सरकारसित गरे।
आरजीकर अस्पतालमा भएको आन्दोलनका तीन प्रमुख अनुहारहरू डा. अनिकेत महतो, डा. देवाशीष हालदार र डा. असफाकुल्ला नय्यरलाई हालमा उनीहरूको पहिलो पोस्टिङको स्थानदेखि दोस्रो ठाउँ स्थानान्तरित गरिएको थियो। असफाकुल्ला र देवाशीषले नयाँ ठाउँमा कार्यभार सम्हाले तर अनिकेत महतोले यसो गरेनन्। तीनैले यस स्थानान्तरणको फसेलालाई चुनौती दिँदै हाईकोर्टको दैलो ढकढकाए।
डा. अनिकेतले आरोप लगाएका छन् कि काउन्सलिङको नियमहरूलाई अदेखा गरी मनपरी तरीकाले उनको ट्रान्सफर गरियो। यसमा कोर्टले सोमवार राज्य सरकारबाट हलफनामाको रूपमा जवाफ मागेको छ। अन्य दुई डाक्टरहरूको मामिलामा पनि जवाफ आगामी सोमवारसम्म मागिएको छ।
सुनवाईमा कोर्टले मौखिक टिप्पणीमा आशा व्यक्त गऱ्यो कि जबसम्म अनिकेतले नयाँ पोस्टिङ स्वीकार गर्दैनन् तबसम्म राज्यले उनी विरूद्ध कुनै दण्डात्मक कारबाही गर्नेछौं।
अनिकेतले अदालतमा यो पनि बताए, उनको ऱ्याङ्क 24 छ र आरजीकर अस्पतालको एनेस्थीसिया विभागमा चार पद खाली छन्, जसमध्ये दुई पदमा ऱ्याङ्क छब्बीस र चौतीस भएका उम्मेदवारहरूको नियुक्ति भइसकेको छ तर उनले अवसर पाएनन्। यसमा कोर्टले राज्यलाई सोध्यो कि यो निर्णय कुन न्यायिक आधारमा लिइयो ?
अनिकेतका उकीलले अनुरोध गरे कि जबसम्म मामिला अदालतमा लम्बित छ, तबसम्म उनलाई आरजीकर अस्पतालमै काम गर्न दिइयोस् र उनी विरूद्ध कुनै अनुशासनात्मक कदम नउठाइयोस्।
कोर्टमा न्यायाधीशले राज्यलाई स्पष्ट रूपमा सोधेको छ कि के तपाईले मेधाको आधारमा नियुक्ति गर्छन् या जसलाई जहाँ पठाउनु मन परे, त्यहाँ पठाउँछन् ? मामिलाको आगामी सुनवाई मंगलवार हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी