दिल्लीमा मार्च 2026 सम्ममा 1,140 आयुष्मान आरोग्य मन्दिरहरू खोलिनेछः रेखा गुप्ता
दिल्लीमा मार्च 2026 सम्ममा 1,140 आयुष्मान आरोग्य मन्दिरहरू खोलिनेछः रेखा गुप्ता


नयाँ दिल्ली, 17 जून (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मंगलवार भनिन्, राष्ट्रिय राजधानीमा आगामी मार्च, 2026 सम्ममा 1,140 आयुष्मान आरोग्य मन्दिर (एएएम)-हरू खोलिनेछन्। तीस हजार कोर्ट परिसर सहित सम्पूर्ण दिल्लीमा 33 आयुष्मान आरोग्य मन्दिर अनि 17 जन औषधि केन्द्रहरूको शुभारम्भको अवसरमा गुप्ताले भनिन्, दिल्लीको निम्ति 1140 आरोग्य मन्दिरहरूलाई स्वीकृत गरिएको छ भने यी सामुदायिक स्वास्थ्य केन्द्रहरूको निर्माण कार्य पूरा गर्नको लागि उनीसित मार्च, 2026-सम्मको समय-सीमा छ।

रेखा गुप्ताले भनिन्, दिल्लीमा 33 वटा ठाउँमा आरोग्य मन्दिर अनि 17 वटा ठाउँमा जन औषधि केन्द्र खोलिँदैछ। यसमा विशेष रूपमा जनतालाई धेरै सुविधा दिइनेछ। साथै बिमारीहरूको रोकथामको लागि जागरूकता अभियान संचालन गरिनेछ। उनले भनिन्, दिल्लीको लागि आरोग्य मन्दिरहरूको उद्घाटन एवं जन औषधि केन्द्रहरूको उद्घाटन माइलखुट्टी नै साबित हुन गइरहेको छ। पाँच वर्षपूर्व केन्द्र सरकारले दिल्ली सरकारलाई 2400 करोड़ रुपियाँ दिएको थियो जसबाट स्वास्थ्य ढाँचा उपलब्ध गराउने, ठाउँ-ठाउँमा जन आरोग्य मन्दिर खोल्ने अनि दिल्लीका मानिसहरूलाई निःशुल्क जाँचको सुविधा दिने निर्देश दिएको थियो। तर पछिल्लो सरकारले त्यस दिशामा केही पनिकाम गरेन। उनले आरोप लगाइन्, पछिल्लो सरकारले मानिसहरूलाई निःशुल्क स्वास्थ्य ढाँचा उपलब्ध गराउन सकेन। निःशुल्क जाँच वा खोप प्रदान गर्न सकेन। अब भाजपाको दिल्ली सरकारले तुरून्त कार्य शुरू गर्दै मात्र सय दिनभित्रमा 33 वटा आरोग्य मन्दिरहरूको उद्घाटन गरिसकेको छ।

रेखा गुप्ताले भने, यस योजना अन्तर्गत आरोग्य मन्दिरहरूमा अब महिलाहरूको डिलीभरी तथा उनीहरूको हेरचाह, पाँच प्रकारको क्यान्सरको स्क्रीनिंग, गर्भवती महिला अनि बच्चाको लागि खोप, निःशुल्क औषधि अनि 105 प्रकारको सुविधा दिइनेछ। यी केन्द्रहरू सोमवारदेखि शुक्रवारसम्म प्रतिदिन बिहान 8:30 बजेदेखि अपरान्ह 4:00 बजेसम्म खुल्ला रहनेछन् भने शनिवार बिहान 8:30 देखि अपरान्ह 12:30 बजेसम्म खुल्ला रहनेछ। आइतवार छुट्टी अर्थात केन्द्रहरू बन्द रहनेछन्।

यस अवसरमा मुख्यमन्त्री लगायत उनका छःजना क्याबिनेट मन्त्री, सातदना सांसद तथा विधायकहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande