हैलाकांदी (असम), 17 जून (हि.स.)। हैलाकांदी जिल्लाको कालाछड़ा पुलिस चौकी अन्तर्गत गागलाछड़ा तीनाली क्षेत्रबाट पुलिसले चारवटा बर्मेली (म्यान्मार) पशुहरूलाई जफ्त गरेको छ।
पुलिसले मंगलवार बतायो, हैलाकांदी जिल्लाका सीमा उप-निरीक्षकको नेतृत्वमा पुलिसको एक टीमले नाका जाँच अवधि मिजोरमतिरबाट आइरहेको पशु लादिएको एउटा ट्रक (एएस-11ईसी-4925)- लाई रोकेर जाँच गऱ्यो। अन्धकार भएको कारणले चालक चालक भाग्न सफल भयो।
ट्रकबाट पुलिसले बर्मीज मूलका चारवटा पशुहरूलाई जफ्त गरेको छ जसलाई पाँचग्रा लगिँदैथ्यो। पुलिसले अभियानको क्रममा एउटा अल्टो कार (एएस-24ई-0269)-लाई पनि जफ्त गरेकोछ। यस मामिलामा कसैलाई पनि पक्राउ गरिएको छन। पुलिसले यस सम्बन्धमा पशु अधिनियम अन्तर्गत प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा