होजाई, 17 जून (हि.स.)। होजाई जिल्लाको डबकाबाट पुलिसले चोरी गरिएको दुई बाइक समेत दुई वाहन चोरलाई पक्राउ गरेको छ। पुलिसले मंगलवार जानकारी गराएको छ, गुप्त सूचनाको आधारमा चलाइएको अभियानमा चोरीका दुई बाइक
(एएस-02एन1828 र एएस-01डीई-4957) जफत गरियो।
पुलिसले बताएको छ, अलग-अलग ठाउँहरूमा चलाइएको अभियानमा दुवै बाइकलाई जफत गरिएको छ। यस मामिलामा बाइक चोर हबीबुर र जियाबुरलाई पक्राउ गरिएको छ।
ज्ञात होस्, एउटा बाइक (एएस-02एन-1828) लाई रूपाहीहाटबाट साढ़े तीन वर्ष अगाड़ी चोरिएको थियो। घटनाको सम्बन्धमा बाइक मलिक अजीजुर हकद्वारा रूपाहीहाट थानामा प्राथमिकी दर्ता गराइएको थियो। तर गत तीन वर्षभन्दा अधिक समयसम्म बाइकको केही पत्तो लागेन। पुलिसले पहिले दर्ता प्राथमिकीको आधारमा पक्रा परेका दुवै चोरसित सघन सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी