कोलकाता, 17 जून (हि. स.)। भारतीय जनता पार्टी (भाजपा)-का सांसद अभिजीत गांगुलीको स्वास्थ्यमा सुधार आइरहेको छ। विधायक गांगुलीको उपचार भइरहेको अस्पतालबाट मंगलवार बिहान जारी बयानमा उक्त आशयबारे जानकारी गराइएको छ।
बयानमा बताइएको छ, 63 वर्षीय गांगुलीलाई एक्यूट प्यांक्रियाटाइटिस औ पाचन तन्त्रमा संक्रमण (जठरांत्र सेप्सिस) भएको कारणले अस्पतालमा भर्ती गरिएको थियो। अस्पतालद्वारा जारी बयान अनुसार उनी गहन चिकित्सा कक्ष (आईसीयू)- मा निकटवर्ती निगरानीमा छन्।
बयानमा उल्लेख गरिए अनुसार उनी स्थिर भए पनि उनको अवस्था अहिले पनि गम्भीरै छ। उनलाई लगातार निगरानीमा राखिएको छ। भर्ती भएको तेस्रो दिन उनको स्वास्थ्यमा बितेको 24 घण्टाभित्रमा सुधार देखिएको छ।
गांगुलीको उपचारको लागि एक बहुविषयक चिकित्सकीय टीम गठन गरिएको छ जसमा आन्तरिक चिकित्सा, क्रिटिकल केयर विशेषज्ञ, हृदय रोग विशेषज्ञ, फोक्सो रोग विशेषज्ञ, अन्तःस्रावी रोग विशेषज्ञ, ग्यास्ट्रोएन्टेरोलजिस्ट औ पाचन तन्त्रका सर्जन सामेल छन्। यो टीमले उनको उपचारको समन्वित तथा व्यापक निगरानी गरिरहेको छ।
स्मरण गराइन्छ, अभिजीत गांगुलीले मार्च, 2024-मा उच्च न्यायालयको न्यायाधीश पदबाट राजीनामा दिएर भाजपामा सामेल भएका थिए। उनी पश्चिम बंगालको पूर्व मेदिनीपुर जिल्लाको तमलुक लोकसभा सीटबाट सांसद छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा