कोलकाता, 17 जून (हि.स.)। पहलगामको हिंसात्मक घटना भएको 56 दिन बितिसक्दा पनि केही प्रश्नहरू अनुत्तरित नै छन्। यसै मुद्दालाई लिएर गए सोमवार तृणमूल कंग्रेसका सांसद अभिषेक ब्यनर्जीले केन्द्र सरकारसित जवाफ मागेका थिए।
मंगलवार उनकै सुरमा सुर मिलाएर नदिला जिल्ला अन्तर्गत कृष्णा नगरबाट तृणमूल सांसद महुआ मोइत्राले केन्द्रो मोदी सरकारमाथि धारिलो प्रहार गर्दै पाँचवटा महत्वपूर्ण प्रश्नहरू उठान गरिन् जसमा आईबी प्रमुखको सेवा अवधि बढ़ाइएकोदेखि लिएर भारत-पाक विवादमा अमेरिकी मध्यस्थताको मुद्दा सामेल छन्।
एक भीडियो सन्देशकोमाध्यमबाट महुआ मोइत्राले भनिन्, यो सबैभन्दा संवेदनशील क्षेत्र हुँदाहुँदै पनि आतंकवादीहरू त्यहाँ कसरी पुगे? तिनीहरू को-को थिए र कहाँंबाट आएका थिए?कसैको प्रतिरोध बिना यतिधेरै मानिसहरूको ज्यान कसरी लिन सक्यो? उनले प्रश्न गरिन्, यस्तो कड़ा सुरक्षा व्यवस्था हुँदाहुँदै पनि यतिठूलो चूक कसरी भयो?
महुआले इन्टेलिजेन्स ब्यूरोकाप्रमुख तपन डेकाकोसेवा अवधिलाई बढ़ाएकोमा रोष व्यक्त गर्दै भनिन्, यस्तो ठूलो चूक भएको ठाउँमा जिम्मेवारी तय गर्नको सट्टा के हामीले अब लापरवाही गरेकोमा पुरस्कार दिरहेका छौं? उनले प्रश्न गरिन्, आखिर कुन आधारमा आईबी प्रमुखलाई एक्सटेन्शन दिइयो।?
तेस्रो प्रश्न उनले त्यस हमलामा सामेल आतंकवादीहरूको पहिचानलाई लिएर उठाइन्। उनले सोधिन्, के हामी जान्दछौं कि पहलगाममा हमला गर्ने आतंकवादी को थियो?तिनीहरू बाहिरबाट आएका थिए वा स्थानीय थिए?
महुआ मोइत्रालेचौथो प्रश्न भारत-पाक विवादमा अमेरिकाको दखललाई लिएर उठाइन्। उनले भनिन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले लगातार दाबी रिरहेका छन् कि उनले भारत-पाक संघर्ष विराममा मध्यस्थता गरे। यदि यस्तो हो भने के यो हाम्रो सम्प्रभुतामाथि प्रश्न होइन र? प्रधानमन्त्री यसममा किन मौन छन्? उ्नले सोझै प्रधानमन्त्रीसित जवाफ मागिन्।
पाँचौ प्रश्न महुमाले अन्तर्राष्ट्रिय स्तरमा भारतलाई प्राप्त समर्थनलाई लिएर उठाए। उनले भने, भारतले 133 वटा देशहरूमा प्रतिनिधिमण्डललाई पठायो। तर कतिवटा देशहरूले हाम्रो पक्षमा खुलेर समर्थन गरे?यसको विपरीत आईएमएफले पाकिस्तानला ठूलो ऋण दियो। के भारतले संयुक्त राष्ट्र सुरक्षा परिषदमा यसमाथि प्रश्न उठायो?
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा