शिलंग, 17 जून (हि.स.)। मेघालयका मुख्यमन्त्री कनराड के संगमाले मंगलवार गारो हिल्स क्षेत्रमा 125 वटा सामुदायिक केन्द्रहरूको भर्चुअल उद्घाटन गरे। यी केन्द्रहरूले सामुदायिक सौहार्द बढ़ाउने अनि स्थानीय गतिविधिहरूको लागि एक सशक्त मञ्चको रूपमा काम गर्नेछन्। यी केन्द्रहरूको निर्माण गारो हिल्सका विभिन्न भागहरूमा गरिनेछ जसलाई मेघालाइफ प्रोजेक्ट अन्तर्गत फण्डिंग दिइएको थियो। उद्घाटन कार्यक्रमको आयोजन दक्षिण गारो हिल्स जिल्लाको डोबाकोल अवेवोंगमा गरियो।
मुख्यमन्त्री संगमाले आफ्नो आधिकारिक एक्स ह्याण्डमा जानकारी साझा गर्दै लेखे “दक्षिण गारो हिल्स जिल्लाको डोबाकोल अवेवोंगमा मेघलाइफ प्रोजेक्ट अन्तर्गत गारो हिल्सका विभिन्न भागहरूमा 125 वटा सामुदायिक केन्द्रहरूको भर्चुअल उद्घाटन गरेर खुशी लागिरहेको छ।”
यस भर्चुअल उद्घाटन समारोहमा गारो हिल्स क्षेत्रका विभिन्न समुदायले भीडियो कन्फ्रेन्सिंगको माध्यमबाट भाग लिए अनि आफ्नो प्रसन्नता व्यक्त गरे। मुख्यमन्त्रीले भने, “यो सामुदायिक केन्द्रले सामाजिक सौहार्दलाई प्रेरित गर्नको साथै स्थानीय स्तरमा विविध गतिविधि तका पहलहरूको लागि एक महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा